कविता पोखरेल
पौष २८, उदयपुरगढी गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले मुलुकमा आमुल परिवर्तन छाएको अवस्था छ । यसै सन्र्दभमा उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकामा विकास निर्माण कार्यले तिव्रता पाएसँगै आमुल परिवर्तन छाएको छ । पालिकामा सडक, खानेपानी, विजुली लगायत भौतिक पूर्वाधाहरुको संरचना निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष मान बहादुर केपछापी मगरको भनाई छ ।
निकै लामो समयसम्म अन्धकारमा रहेको पाकिामा चाँडै विजुली बत्ति पुग्ने अध्यक्ष मगरको विश्वास छ । विगतको तुलनामा भन्दा पालिकामा उल्लेखनीय विका निर्माण कार्य भएको अध्यक्ष मगर बताउनु हुन्छ । समग्रमा सम्पूर्ण क्षेत्रलाई समेटेर यस पालिका समृद्धिको उचाइमा अघि बढी रहेको स्पष्ट देख्न सकिन्छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिकहरु समक्ष सचेतना गराएको अध्यक्ष मगरले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्