माधव सिंह धामी, काठमाण्डौ ।
तेह्रथुम जिल्लाको मेन्छेयम गाउँपालिकामा हालसम्म कोरोना संक्रमण फैलिएका छैन ।
नेपालमा कोरोना संक्रमण देखिएको ७/८ महिना भइसक्दा पनि मेन्छेयममा भने हालसम्म कोरोना संक्रमण नदेखिएको गाउँपालिका अध्यक्ष यादब बहादुर खापुङ्गले बताउनु भयो । हाम्रो गाउँपालिकामा अहिलेसम्म कुनै व्यक्तिमा पनि कोरोना देखिएको छैन, त्यस्तो असर पनि गरेको छैन’ अध्यक्षले खापुङ्गले भन्नुभयो ।
गाउँपालिकामा रहेका कोरोनाका सम्भावित व्यक्तिहरुमध्ये ४ सयको आरडिटी र १ सय ६३ जनाको पिसिआर परीक्षण गर्दासम्म कुनै व्यक्तिमा पनि कोरोना संक्रमण नदेखिएको उहाँको भनाई छ । कोरोना भाइरसको खासै असर नपरेको यस पालिकाले बिकासका पूर्वाधारहरुको निर्माण कार्यलाइ अगाडि बढाएको छ। जस अनुसार सबै वडालाई सडक सन्जाल बाट जोड्ने, सुबिधा सम्पन्न स्वास्थ सस्थाको ब्यवस्था गरिएको छ ।
यस्तै, गुणस्तरिय एवं प्राबिधिक शिक्षामा जोड दिई सुबिधा सप्पन्न विद्यालय भवनको निर्माण पनि गाउँपालिकाले गरेको छ । कृषी र पशुपालनमा विशेष जोड दिई युवा वर्गलाई स्थानिय स्तरमानै रोजगारिको ब्यवस्था गर्न पनि गाउँपालिकाले जोड दिइरहेको छ ।
अबका दिनहरुमा पनि बिकास र समृद्ध तर्फ नै केन्द्रित हुने पालिकाका अध्यक्ष खापुङ्ग ले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्