माघ २५, तुर्माखाँद गाउँपालिका । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका यतिबेला विकासको लहरमा अघि बढेको देखिन्छ । स्थानीय सरकारको गठन पटि आम नागरिकहरुको जुन अपेक्षा थियो त्यसलाई पुरा गर्नको लागि आफुले सक्दो काम गरेको र त्यसको मुल्यांकन गर्ने जिम्मेवारी जनताहरुकै रहेको पालिकाका, अध्यक्ष पुष्पराज शर्माको भनाई छ ।
पालिकालाई विकासको लहरमा पु¥याउनको लागि पालिकाका, अध्यक्ष शर्माको विकासका योजनाको रणनिति र त्यसको कार्यन्वयन पनि वास्तवमै अनुकरणीय नै छ । आम सर्वसाधरणहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य भवन निर्माण गरी स्वास्थ्य सेवाको सुविधा गरेको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्य भएको अध्यक्ष शर्माले बताउनु भयो ।
मुलुकको कतिपय ठाउँमा हजारौं बालबालिकाहरु शिक्षाबाट बञ्चित भईरहेको परिपेक्ष्यमा यस पालिकाले सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको समेत व्यवस्था गर्नुका साथैं विद्यालयमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ । यस्तै, पालिकाले निर्माण भएका सडकको स्तरउन्नती गर्ने र नयाँ सडक निर्माणको लागि ट्रयाक खोल्ने काम सम्पन्न भएको छ भने पालिकाकै पहलमा झोलुङगे पुल निर्माणाधिन अवस्थामा रहेको छ ।
स्थानीय सरकार गठन पछि आम जनताहरुको जुन अपेक्षा थियो त्यसलाई स्थानीय सरकारले पुरा गर्दै आइरहेको र विकास निर्माणको प्रभावकारी कामले पालिकालाई चुस्तदुरुस्त व्यवस्थापनमा आम नागरिकहरुलाई झल्काउदछ । एक घर धाराको अवधारणा अपनाई यस पालिकाले प्रत्येक वडामा खानेपानीको व्यवस्थापन गरेको छ । भौगौलिक संरचनाको हिसाबले यस पालिका निकै दुर्गम र पिछडीएको क्षेत्र भए पनि स्थानीय सरकारको व्यवस्थापन एक कुशल जनप्रतिनिधिको आगमनले यस पालिकामा विकास निर्माणको काम चौतर्फी रुपमा भइरहेको पाईन्छ ।
पालिकामा सडक सञ्जालको काम देखि भवन निर्माण कार्य भईरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि आम जनताहरुको साथ सहयोगले यस पालिकालाई कोरोना मुक्त बनाउन सफल भएको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथैं कोरोनाबाट प्रभावित भएका वास्तविक पिडीतहरुलाई राहत वितरण समेत गरेको थियो । आगामी दिनमा आम जनताहरुको यस्तै साथ सहयोग पाएको स्थानीय सरकारले जनताहरुको हित र अपेक्षामा सधैं काम गर्दै जाने पालिकाका, अध्यक्ष शर्माको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्