झापा जिल्लामा पर्ने अर्जुन्धारा नगरपालिकालाई समृद्ध नगरपालिका निर्माण गर्ने अभियानमा जुटेको नगरपालिकाका मेयर हरि कुमार रानाले बताउनु भयो ।
उहाँका अनुसार नगरले चाडैंनै समृद्ध बन्ने योजना बनाएको छ जस अनुसार नगरको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न भैसकेको छ ।
यस्तै सबै वडामा स्वास्थ्य चौकीको ब्यवस्था गरि सकिएको छ । त्यस्तै नगरपालिकाले एक घर एक धारा को रणनीति लागू गरि खानेपानीको ब्यवस्था पनि गरि सकेको छ ।
बिधुतिय सेवा सबै नगरबासीमा पुगिसकेको नगरप्रमुख रानाले बताउनुभयो । शैक्षिक क्षेत्रको बिकासको लागी प्राबिधिक शिक्षामा जोड र सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण गरेको छ ।कृषी तथा पशुपालनको लागि पनि किसानहरुलाई बिना धितो र बिना ब्याज ऋण दिने जस्ता काम हरु नगरले थालेको छ ।
कोरोनाको बेलामा उदाहरणिय काम गरेको नगरले मास्क, सेनिटाइजरको बितरण, राहात वितरण, आर डि टि , पिसिआर टेस्ट आदि कामहरु गरि कोरोना भाइरस नियन्त्रणमा लिएको थियो । भावी दिनमा यी लागायत यस्तै बिकास र समृद्धि तर्फका कामहरु नगरपालिकाले अगाडि बढाउने मेयर रानाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्