सम्पूर्ण सावधानीहरु अपनाउँदै वडाको सबै सेवाहरु सुचारु गरेका छौंः वडाध्यक्ष थारु

सम्पूर्ण सावधानीहरु अपनाउँदै वडाको सबै सेवाहरु सुचारु गरेका छौंः वडाध्यक्ष थारु

गुगौली, कपिलवस्तु । महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वभर नै आतकं मचाइरहेको छ । नेपालमा पनि कोरोनाको संक्रमण फैलिन थालेपछि ४ महिना भन्दा बढी लकडाउन भयो । लकडाउनले आम मानिसको दैनिकिदेखि लिएर मुलुककै अर्थतन्त्रलाई पनि प्रत्यक्ष रूपमा असर गर्यो । कतिपय विकास निर्माणका कार्यहरू रोकिएका छन् भने योजनाका कामहरू पनि उस्तै छन् । यसै सन्दर्भमा हामीले विजयनगर गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष इन्नर थारुलाई वडामा कोरोनाको प्रभाव कस्तो भनेर सोधका थियौं ।

उहाँले हालसम्म आफ्नो वडामा कोरोनाको खासै असर नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरुको अवस्थामा केही संक्रमित थिए उहाँहरू सबै ठीक भएर घर फर्किसक्नुभयो । अहिले वडाभित्र कोही पनि संक्रमित छैनन् ।’ यसका साथै उहाँले विदेशबाट आउने व्यक्तिहरूलाई सुरक्षित रूपमा होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको बताउनुभयो ।

कोरोना महामारीको कारण वडामा धेरै किसिमको समस्या झेल्नुपरेकाले निकै कष्टकरण महशुस भएको उहाँले बताउनुभयो । त्यसैगरी वडाभित्र भएका स्वयंसेविकामार्फत कोरोनाबाट बच्न टोलटोलमा गएर चेतनामूलक कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले सुरुको अवस्थामा आपतकालिन् बाहेक अन्य सेवा बन्द गरेको थियो भने हाल कोरोना बाट बच्ने उपायहरू अपनाउँदै सम्पूर्ण सेवाहरू सुचारु गरेको छ । काम कारबाहीबाट आहिलेसम्म सबै नागरिकहरू सन्तुष्ट रहेको उहाँले बताउनुभयो । त्यसैगरी गाउँपालिकाबाट छनोट भएका योजनाहरू पनि वडाले छिट्टै नै अगाडि बढाउने योजना रहेको वडाध्यक्ष थारुले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्