स्रोत साधनले भ्याएसम्म पालिकामा भौतिक पूर्वाधारहरुको काम भएको छ, अध्यक्ष मण्डल

स्रोत साधनले भ्याएसम्म पालिकामा भौतिक पूर्वाधारहरुको काम भएको छ, अध्यक्ष मण्डल

कविता पाेखरेल
पौष २६, जहदा गाउँपालिका । मोरङ जिल्लाको जहदा गाउँपाकिामा भौतिक पूर्वाधारहरुको कामले तिव्रता पाएको अध्यक्ष कैलाश प्रसाद मण्डलको भनाई छ । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा कृषि क्षेत्रमा उल्लेखनीय विकासको प्रगति भइरहेको अध्यक्ष मण्डलले जनाउनु भयो । भएका सडकलाई ग्राभेल र व्यवस्थित गर्ने कार्य हुनुका साथै सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको अध्यक्ष मण्डलले बताउनु भयो । पालिकाको भवन सहित वडा कार्यलयको भवन निर्माण गर्ने पहल भइरहेको उहाँले जनाउनु भयो ।

कृषि क्षेत्रलाई मध्येनजर गर्दै कृषकहरुलाई अनुदान दिने तथा विउ विजन वितरण कार्य समेत भएको अध्यक्ष मण्डलले भन्नुभयो । एक घर एक धारा खानेपानीको अभियान सञ्चालनद्धारा टोलटोलमा खानेपानी पुर्‍याउने लक्ष्य सहित पालिकामा चार वटा पानीट्याङकी निर्माण कार्य सम्पन्न भएको र बाँकी निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष मण्डल बताउनु हुन्छ । सगम्रमा सबै क्षेत्रलाई समेटेर पालिका समृद्धि तर्फ अघि बढीरहेको देखिन्छ ।

विगतको तुलनामा भन्दा पालिकामा विकास निर्माण कार्य तिव्र भएसँगै परिवर्तन छाएको अवस्था छ । यस्तै, पालिकामा कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण नियन्त्रणको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रमद्धारा आफना नागरिकहरु समक्ष सतर्कता अपाएको अध्यक्ष मण्डलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्