कविता पोखरेल
पौष १ सुन्दरबजार । लमजुङ जिल्लाको ११ वटै वडामा विद्युत जडान गर्ने कार्य सञ्चालन भएको । प्रत्येक वडामा विजुली बक्ति पु¥याउने हिसाबले विद्युत जडान गर्ने कार्य भइरहेको नगर प्रमुख जनक राज मिश्रको भनाई छ । उहाँले भन्नुभयो नगरपालिकामा भौतिक पूर्वाधारको कामले तिव्रता पाएको छ । सडक, भवन, , कृषि, खानेपानी र स्वास्थ्य क्षेत्रमा निर्माण कार्यहरु भइरहेको छ भने केही निर्माण कार्यहरु सम्पन्न भएको अवस्था छ । नगरपालिकाको प्रत्येक वडाको टोलटोलमा १ घर १ धारा भन्ने अभियान सञ्चालन भएको छ । चाँडै खानेपानीको धारा टोलटोलमा पु¥याउने उहाँले प्रतिबद्धता व्यक्तगर्नु भयो ।
यस्तै नगरपालिकाको स्रोत साधनले भ्याएसम्म स्थानीय जनशक्तिहरुलाई राजगारको व्यवस्था गर्ने योजना रहेको मेयर मिश्रले बताउनु भयो । कोरोना भाइरसबाट प्रभावित भएका व्यत्तिहरुकोे लागि पालिका स्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था रहेको उहाँले भन्नुभयो । संक्रमण फैलिन नदिनका लागि विभिन्न जनचेतामुलक कार्यक्रम मार्फत जनताहरुलाई सतर्कता गरिएको छ । समग्रमा सबै क्षेत्रलाई समेट्दै नगरपालिका विकास निर्माण कार्यमा निरन्तर अगाडी बढी रहेको नगर प्रमुख मिश्रले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्