सावधानीका साथ वडाबासीहरुलाई सेवा सुविधा दिइरहेका छौंः वडा अध्यक्ष अहिर

सावधानीका साथ वडाबासीहरुलाई सेवा सुविधा दिइरहेका छौंः वडा अध्यक्ष अहिर

रमपुरवा, नवलपरासी । महमारीको रूपमा विश्वरभर फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि भयानक रूप लिइरहेको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले पाल्हीनन्दन गाउँपालिकाको वडा नं. १ का वडा अध्यक्ष लाल्लन प्रसाद अहिरलाई वडामा कोरोनाको प्रभाव कस्तो छ र यस महामारीको समयमा वडाले कसरी कामहरू गरिरहेको भन्ने कुराहरू राखेका थियौँ । उहाँले वडामा कोरोना भाइरसको प्रभाव परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वडामा कोरोनाको प्रभाव परेको छ । यस वडामा १० जनालाई कोरोना संक्रमण देखिएको थियो ती मध्ये ९ जना ठीक भई घर फर्किसकेका छन् भने बाँकी १ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।’

संक्रमण फैलिन नदिन वडाले विदेश र नेपालकै अन्य स्थानबाट आउने व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाहिरबाट आउने व्यक्तिहरूको पि.सि.आर परीक्षण रिर्पोट नभएमा प्रशासनले रोक्ने गरेको छ । त्यसकारणले सुरुको जस्तो गाह्रो भएको छैन । ’ कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले यसबाट बच्नका लागि भिडभाड नगर्ने, सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने, साबनु पानीले हात धुने जस्ता चेतनामूलक कार्यक्रमहरू प्रचार प्रसार गरिरहेको उहाँले बताउनुभयो ।

वडाले हाल सामाजिक दूरी कायम गरेर आपताकालिन् सेवा सुविधाहरू दिइरहेको छ र वडाले गरेको काम कारबाहीप्रति अहिलेसम्म नागरिक सबै सन्तुष्ट नै रहेको वडा अध्यक्ष अहिरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपभोक्ता गठन गरी विभिन्न किसिमका योजनाहरू बनाएका छौं । अब विस्तारै विकासका कामहरूलाई निरन्तरता दनेछौं ।’

प्रतिक्रिया दिनुहोस्