काठमाडौं । आइतबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अग्रीम टिकट बुकिङ खुला भएको छ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न लाइनमा छन् । त्यसैले टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लागेको छ।
एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ । तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।
त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ । डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जनाएको छ । अहिले पनि बढी भाडादर रकम अशुल्ने क्रम रोकिएको छैन । त्यसैले भाडादरबारे यात्रुहरु पनि जानकार रहनुपर्ने विभागले बताएको छ । यात्रुले आफ्नो ठाउँ पुग्ने भाडा कति हो भनेर जानकारी राख्नुपर्छ । बढी भाडा उठाउन खोज्नेलाई प्रोत्साहित गर्नु नहुने विभागले बताएको छ ।
भाडादर हेर्नुस्
प्रतिक्रिया दिनुहोस्