संविधान दिवसको अवसरमा बलवा नगरपालिकाद्धारा एकल महिलालाई साडी बितरण

संविधान दिवसको अवसरमा बलवा नगरपालिकाद्धारा एकल महिलालाई साडी बितरण

काठमाडौं । संविधान दिवस २०७६ को अवसरमा वलवा नगरपालिकाले विविध कार्यक्रम गरेको छ । नगरपालिकाका प्रमुख बिनोद कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एकल महिलाहरुलाई साडी वितरण गरी सम्मान गरिएको थियो । नगपालिकाका १२५ जना एकल महिलालाई साडी बितरण गरिएको हो । साथै नगरपालिका वरपर सरसफाई, बृक्षारोपन र बिविध सास्कृतिक कार्यक्रमको पनि आयोजना गरीएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले संविधान बनेपछि नै अहिले बिकास निर्माणको कामले गती लिएको बताउनुभयो । संविधानकै कारण जनताको छोराछोरी राष्टपति बनेको स्मरण गर्दै नगरप्रमुख यादवले जनताको हक अधिकार संबिधानले सुनिश्चित गरेको बताउनुभयो ।

देश संघियतामा गएर संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार गठन भइसकेको र स्थानिय सरकारले जनतालाई नजिकबाट बुझी शिक्षा, स्वास्थ्य, खानेपानि लगायतका पुर्वाधारहरु सहजरुपमा प्रदान गरीरहेको उँहाले दाबि गर्नुभयो ।
मधेश केन्द्रित राजनितिक दललाई संबिधानकै निती नियम अनुसारको चुनावमा भाग लिएर निर्वाचित भइसके पछी संविधान मान्दिन भन्नु जनताको अपमान भएको भन्दै संबिधानलाई स्विकार गर्न प्रमुख यादवले आग्रह गर्नु भयो ।

कार्यक्रममा पुर्व मानिय तथा नेपाली कांग्रेुका केन्द्रिय सदस्य किरण यादव को प्रमुख आतिथ्यता एवं लोहारपट्टी नगरपालिकाका मेयर सैलेन्द्रकुमार यादव, औरही नगरपालिकाका मेयर सुनिल कुमार यादव स्थानिय राजनैतिक दलका प्रतिनिधि, शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्