काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनफिङ असोज २७ गते नेपाल भ्रमणमा आउने भएका छन् । दुई दिने नेपाल भ्रमणमा आएको समयमा काठमाडौं-केरुङ रेलमार्गलगायतका विभिन्न पक्षमा सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
लामो प्रतिक्षापछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन थालेको हो । त्यसका लागि नेपाली र चिनियाँ पक्ष तयारीमा जुटेका छन् । चिनियाँ टोलीले काठमाडौंको भौगोलिक अवस्थाका विषयमा अध्ययन गरिरहेको छ ।
२३ वर्षदेखि चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छैनन् । पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अमेरिका भ्रमणपछि दुवै देशले एकैसाथ भ्रमण तालिका सार्वजनिक गर्ने स्रोतको दावी छ ।
परराष्ट्रमन्त्री ज्ञवाली राष्ट्रसंघ महासभामा भाग लिनका लागि भोलि अमेरिका प्रस्थान गर्दैछन् । भोलि नै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ काठमाडौं आउँदैछन् ।
प्रतिक्रिया दिनुहोस्