आफ्नो जन्मदिनमा रोशी गाउँपालिका अध्यक्ष मोक्तानले गरे अनाथ बालबालिकालाई सहयोग

आफ्नो जन्मदिनमा रोशी गाउँपालिका अध्यक्ष मोक्तानले गरे अनाथ बालबालिकालाई सहयोग

काभ्रे । जिल्लाको रोशी गाउँपालिका अध्यक्ष डिबी मोक्तानले मंगलबार आफ्नो ४५ औं जन्मदिन अनाथ बालबालिकाहरुसँग मनाएका छन् । अध्यक्ष मोक्तानले पनौति नगरपालिका वडा नं ८ मा रहेको दलित उत्पीडित कल्याण संघद्वारा सञ्चालित बालगृहमा पुगेर जन्मदिन मनाएका हुन् ।
बालगृहमा रहेका अनाथ बालबालिकाहरुलाई मोक्तानले दाल, चामल, पिठो, मसला, फलफूल लगायतका खाद्यन्न सामग्रीहरु हस्तान्तरण गरेका थिए । उक्त सामग्रीहरु अध्यक्ष मोक्तान र उनकी माता चन्द्रकुमारी तामाङले संयुक्त रुपमा बालगृहलाई हस्तान्तरण गरेका थिए ।सामग्रीहरु हस्तान्तरण गर्दै उनले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा ज्यादै नै खुशी लागेको बताउँदै बालबालिका देखेपछि आँसु रसाएको बताए । ‘हामी जन्मेपछि मर्नुनै पर्छ । यहाँ यी नानीबाबुहरु भेटेपछि मेरो आँसु रसायो ।’ उनले भने, ‘राजनीतिककर्मीहरु नाटक गर्छन भनेर भन्ने गर्छन् तर त्यस्तो होइन । भावना सैबको हुन्छ ।’
कार्यक्रममा उनले आमाको बचनलाई आत्मसात गरेको कारण आफू यहाँसम्म आईपुगेको बताए । ‘आफूले पाएको अवसरको सहि सदुपयोग गर्न मेरी आमाले मलाई बारम्बार भन्नु हुन्थ्यो । सच्चा बाटोमा हिंड भन्नुहुन्थ्यो ।’ उनले भने, ‘आज म यो ठाउँमा आइपुगेको छु भने आमाले गर्दा आईपुगेको छु ।’यस अघि मोक्तानले आफ्नो जन्मदिनको अवसरमा रोशी गाउँपालिका भरिका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण तथा बनेपामा रहेको आश्राममा विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

जन्मदिनको अबसरमा रोशी गाउँपालिका अध्यक्ष डिबी मोक्तानलाइ नयाँपुल अनलाइनको तर्फबाट पनि शुभकामना

प्रतिक्रिया दिनुहोस्