नङ टोक्नु स्वास्थ्यका लागि हानिकारक !!

नङ टोक्नु स्वास्थ्यका लागि हानिकारक !!

काठमाण्डौ । कतिपय युवायुवतीहरुमा नङ टोक्ने एक किसिमको बानी रहेको पाइन्छ । हामीले धेरैपटक धेरै जनालाई देखेको हुनुपर्छ यस्ता व्यक्तिहरु जो नङ टोकिरहने गर्दछन् । तर, यो बानी भने अलिकति पनि राम्रो होइन । यो बानीले निम्त्याउन सक्ने खतरा सायद धेरैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपार्इंलाई नङ टोक्दा निम्तिने खतराको बारेमा जानकारी दिँदैछौँ ।

नङ टोक्नु स्वास्थ्यको लागि हानिकारक मात्र नभई यसले ज्यानै पनि लिने गर्दछ । नङ टोक्नाले नङभित्र रहेको आँखाले नदेखिने सानाभन्दा साना फोहोरहरु हाम्रो मुखबाट शरीरमा प्रवेश गर्ने गर्दछ । जसले गर्दा स्वास्थ्यमा संकट देखा पर्नुका साथै विभिन्न किसिमका रोगहरु समेत देखा पर्ने गर्दछ । जुन रोगले हाम्रो ज्यान लिँदैन भन्न सकिँदैन । साथै यस्तो बानीले मानिसको बाह्य शरीरलाई पनि नकरात्मक प्रभाव पुर्याउने गर्दछ ।

नङ टोक्नाले नङ वरिपरी भएको छाला गलेर नरम बन्ने गर्दछ । जसले गर्दा किटाणुहरु सजिलै हाम्रो शरीरभित्र प्रवेश गर्न सक्छ । त्यसैगरी दाँत, गिँजा लगायतमा पनि नङमा भएको किटाणुले प्रवेश गरी संक्रमण निम्त्याउने गर्दछ । यो बानीले मानिसको आत्मविश्वास समेत कमजोर हुने चिकित्सक बताउँछन् । त्यसैले यदि यस्तो बानी तपार्इंसँग पनि छ भने तुरुत त्याग्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्