खोटाङ/ बेलडाँगी क्याम्पका एक भुटानी शरणार्थीले स्थानीयको छोरा बनेर नागरिकता लिएको खुलेपछि छानबिन सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का रत्नबहादुर कठायतको छोरा भएर पूर्णबहादुर कठायतका नाममा नेपाली नागरिकता लिएका हुन् ।
२०६२ पुस १७ मा जिल्ला प्रशासन कार्यालय खोटाङले दिएको नागरिकतामा पूर्णबहादुरको जन्ममिति २०३४ साउन १५ रहेको रेकर्डमा छ । उनी भुटानी शरणार्थीकै रूपमा डेनमार्क पुगेको खुलेको छ । आफ्ना पिताले अरुलाई छोरा बनाएर नागरिकता दिलाएको भन्दै रत्नबहादुरका छोरा महेन्द्र कठायतले उजुरी दिएपछि छानबिन सुरु भएको हो । गत असार २२ गते रत्नबहादुर र उनकी छोरी भक्ति कठायत दाहाललाई प्रहरीले इनरुवाबाट पक्राउ गरी खोटाङ ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्