पाँचथरको याङवरक गाउँपालिका ५ बर्षिय कार्ययोजना बनाएर निरन्तर विकास निर्माणको काममा सक्रिय छ ।
गाउँपालिकाले सडक, भौतिक पुर्वाधार निर्माण,खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवद्र्धन लगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले स्थानिय नागरिकलाई गाँउमानै स्वरोजगार बनाउन युवालक्षित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । युवाहरुलाई सिपमुलक तालिम, सिलाई कटाईको तालिम लगायतका विभिन्न प्रकारका तालिमहरु संचालन गर्दै आएको छ । पशुपालन, कृषि फार्म संचालन गर्न चाहानेहरुलाई अनुदान दिने व्यवस्था पनि गरिएको छ ।
कोराना महामारीले गाउँपालिकालाई असर गरेपनि हरेक परिस्थितीको सामना गरेर अघि बढ्ने योजना रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । गाउँपालिकाले आफ्नै भवनबाट जनतालाई सुविधा दिन अहिले धमाधम भवन निर्माणका काई भइरहेको छ । यस्तै वडा कार्यालका भवनहरुपनि निर्मा हुने चरणमा रहेको छ । केहि वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भईसकेको छ भने केहीको निर्माण कार्य जारी रहेको छ ।
यस्तै बिद्यालय भवन, स्वास्थ्य चौकी भवनहरुको निर्माण कार्य पनि भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्