भिमाद नगरपालिका ६ मा सडक निर्माणको काम ७० प्रतिशत सम्पन्न

भिमाद नगरपालिका ६ मा सडक निर्माणको काम ७० प्रतिशत सम्पन्न

माघ २४, भिमाद नगरपालिका–६ । स्थानीय सरकारको व्यवस्थापन पछि मुलुकको केही स्थानीय तहहरुमा विकास निर्माणको काम तिव्र गतिमा भैरहेको छ । यिनै, स्थानीय तहहरु मध्येको एउटा उदाहरण, तनहुँ जिल्लाको भिमाद नगरपालिका वडा नं. ६ हो ।

आम जनताहरुको अपेक्षालाई मध्येनजर गर्दै वडामा सडक निर्माणको काम ७० प्रतिशत काम सम्पन्न भएको वडा अध्यक्ष श्याम सुन्दर जोशीले बताउनु भयो । उक्त सडकमा कालो पत्र्रे गर्ने काम भइरहेको र यो सडक निर्माण पछि आम जनताहरलाई यात्राको लागि थप सहज हुनेछ । एक घर एक घाराको कार्यक्रम सञ्चालन गरी वडाको सबे टोलटोलमा खानेपानीको व्यवस्था गर्ने काम भइरहेको छ ।

भिमान नगरपालिका मध्ये ६ नम्बर वडा ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको हिसाबले निकै सम्भावनयुक्त स्थान रहेकोले आवश्यक संरचनाहरु निर्माण कार्य गरी रहेको छौं वडा अध्यक्ष जोशीले भन्नुभयो । वडाबाट पाउने सेवा सुविधाहरु जतनाहरुलाई दिरहेको छौं र लालपुर्जा विहिन नागरिकहरुलाई लालपुर्जा वितरण गरेको छौं जोशीले जनाउनु भयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकरणको लागि वडाले आम नागरिकहरुलाई सचेतना गरेको थियो । बाहिरबाट आएकाहरुलाई सुविधायुक्त क्वारेन्टाईन र कोरोनाबाट प्रभावित भएका वास्तविक पिडीतहरुलाई राहत वितरण गरेको थियौं वडा अध्यक्ष जोशीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्