यातायात व्यवसायीहरुका लागी सरकारले बिभिन्न कानुन ल्याएपनि सडकको स्तरोन्नतीमा ध्यान नदिएको यातायात व्यवसायीहरुको भनाई छ । पहाडी जिल्लामा बिना इआइए धमाधम सडक बनिरहेपनि सरकार मुखदर्शक भनेको भन्दै यातायात व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
सार्वजनिक यातायात महासंघको सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न, डिबि खलौलाको अध्यक्षता नँया कार्य समिती चयन

सार्वजनिक यातायात केन्द्रिय महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम भेला तथा अधिवेशन उद्घाटन समारोहमा सहभागी यातायात व्यवसायीहरुले यातायात क्षेत्रलाई संगै लगेर सरकारले काम गर्न नसकेको बताएका हुन् । देशको आर्थिक बिकासमा यातायात क्षेत्रको महत्वपुर्ण योगदान भएपनि सरकारले यातायात क्षेत्रको बिकास भन्दा यातायात क्षेत्रलाई धरायसी बनाउने काम गरिरहेको उनिहरुको भनाई छ ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै सुदुरपश्चिम प्रदेशका भाैतीक पुर्वाधार तथा यातायात मन्त्री पठान सिहं बोहोराले यातायात क्षेत्रमा देखीएको बिकाराल परीस्थीतीलाई मध्यनजर गर्दै यसलाई सुधार गर्नमा आफु लागी परेको बताए । सुदुरपश्चीम प्रदेश सरकारले अब यातायात ब्यवसायी र यात्रु महानुभाबहरुलाई सुबीधा हुने गरीनै यातायात सम्बन्धी नीत नियम बनाएर अघी बढीने बताए ।
यस्तै सार्वजनिक यातायात केन्द्रिय महासंघका अध्यक्ष होम प्रसाद अधिकारीले यातायात क्षेत्रमा ठुलो लगानी भएको तर केही सीमीत दलाल र यातायात माफीयाहरुले सरकारलाई मुठ्ठीमा राखेर हिडेकोले बिभीन्न समस्याहरु उत्पन्न हुने गरेको बताए । त्यसैले लगानीकर्ताको लगानीको सुनीश्चीतताको लागी र यात्रु महानुमाबहरुलाई अब राम्रो सुबीधा दिने उद्धेश्यले सार्वजनिक यातायात महासंघको स्थापना गरीएको उनको भनाई छ । सरकार दीर्घकालिन सोच नबनाएरै नियम ल्याउने हुँदा कार्यान्वयनमा जटिलता आइरहेको उनले बताए । यातायात व्यवसायी महासंघ खारेज गरेर प्रालीमा दर्ता गर्नुपर्ने प्रावधान समेत सरकारले हचुवाका भरमा ल्याएकाले कार्यान्वयनमा चुनौती देखिएको उनले बताए । श्रोत साधनको परिपुर्ती नहुँदै नियम ल्याउँदा समस्या निम्तीने गरेको उनको भनाई छ । साथै यातायात व्यवसायीहरुलाई बिभिन्न कर समेत लाद्ने काम भइरहेकाले यसलाई सच्याउनुपर्ने उनको माग छ ।
सार्वजनिक यातायात केन्द्रिय महासंघका बरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले यातायात क्षेत्रको बिकासका लागी कर प्रणालीमा सुधार ल्याएर मापदण्ड अनुसार सडक संरचना बनाउनुपर्नेमा जोड दिए ।
सार्वजनिक यातायात केन्द्रिय महासंघ सुदूरपश्चिम प्रदेश संयोजक डि. बि. खलौलाको अध्यक्षतामा बसेको प्रथम भेला तथा अधिवेशनबाट सुदूरपश्चिम प्रदेश शाखाको नयाँ कार्य समिति पनी चयन गरिएको छ ।
अधिवेशनले प्रदेश संयोजक समेत रहेका दिल बहादुर खलौलालाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै बरीष्ठ उपाध्यक्षमा नरेश भट्ट, उपाध्यहरुमा नर बहादुर खड्का र सिद्धराज बोहोरा सचिबमा धर्मेन्द्र सिहं, सह-सचीबमा पृथ्बी रावल, कोषध्यक्षमा महेष गोले, सह- कोषाध्यक्षमा कर्म बहादुर सीहंलाई चयन गरीएको छ ।
त्यसै गरी अबको केही दिन भीत्रे सुदुरपश्चीम प्रदेशका ९ वटै जील्ला बाट १/१ जना सदस्य मनोनीत गरीने नवनिर्वाचीत अध्यक्ष खलौलाले बताए । नयाँ कार्य समितिले यातायात क्षेत्रमा भइरहेका बिकृती बिसंगती हटाएर यातायात क्षेत्रलाइ अनुशासित पेशाका रुपमा बिकास गर्ने खलौलाले बताए ।