विकास निर्माण कार्यमा जिल्लाकै समृद्ध गाउँपालिका बन्ने कनकासुन्दरी

विकास निर्माण कार्यमा जिल्लाकै समृद्ध गाउँपालिका बन्ने कनकासुन्दरी

कविता पोखरेल/रतन वि.क.

पौष ७, कनकासुन्दरी । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका भौतिक पूर्वाधारको काम तिव्र गतिमा भएको छ । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन क्षेत्रलाई समेट्दैं समग्र रुपमा पालिका विकास निर्माण कार्यमा निरन्तर अगाढी छ अध्यक्ष रवतले बताउनु भयो । उहाँको अनुसार पालिका र विद्यालय सहित वडा कार्यलयको भवन निर्माणाधिन अवस्था रहेको छ । अध्यक्ष रवतले बताउनु हुदैं पालिकामा जम्मा ८ वटा वडा कार्यलय रहेकोमा ३ वटा वडाको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

अध्यक्ष रवतले भन्नुभयो नेपालको धेरै दुर्गम जिल्लाहरुमध्ये भौगोलिक आधारमा भन्ने हो भने जुम्ला पनि एक दुर्गम जिल्ला हो । सरकारले जनसंख्याको आधारमा होईन भौगोलिक अवस्थाको बारेमा अवलोकन गरी त्यसको आधारमा बजेट निकास गर्नुपर्ने भन्दै अध्यक्ष रवतले सरकार समक्ष ध्यानाकर्षण समेत गर्नुभयो । पालिकाले कृषि क्षेत्र अन्तर्गत पशुपालनको लागि ५० लाख बजेट उपलब्ध गराएको रवतले जनाउनु भयो ।

साथै, कोरोनाको उच्च जोखिम रहेको भन्दैं रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत नागरिकहरुलाई सतर्कता गराएको छ । पालिकामा १६ बेड क्षमता भएको कोरोना अस्पताल समेत निर्माण भएको अध्यक्ष रवतकोले बताउनु भयो । बाहिरबाट आएको नागरिकहरुलाई १४ दिनसम्म क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने र उनीहरुलाई आवश्यक पी.सी.आर परीक्षण पश्चात घर पठाउने व्यवस्था रहेको अध्यक्ष रवतले भन्नुभयो । कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि अस्पतालले औषधि समेत उपलब्ध गराएको रवतले भन्नुभयो । सुरुवाती दिनमा पालिकाले साबुन, स्यानीटाइजर र मास्क निःशुल्क वितरण गरेको अध्यक्ष रवतले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्