कविता पोखरेल
माघ ११, आलिताल गाउँपालका । नयाँ जनप्रतिनिधिको आगमन पछि कतिपय स्थानीय तहहरुले जनताहरुलाई गाउँगाउँमा सिंहदरबारको अनुभुती दिलाएको छन् । यसै सन्दर्भमा, डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा पनि एक कुशल जनप्रतिनिधिको आगमनसँगै पालिका समृद्धिको उचाईमा अघि बढीरहेको छ ।
सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन लगायत अन्य विविध क्षेत्रमा विकास निर्माणको काम तिव्र गतिमा भइरहेको अध्यक्ष बल बहादुरको भनाई छ । आफु निर्वाचित भए पश्चात पालिकाको सबै वडामा सडक निर्माण कार्य सम्पन्न भए पछि समग्रमा आम नागरिकहरुलाई यात्राको लागि सहज भएको गुरुङले भन्नुभयो । जनताहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण भएको उहाँले जनाउनु भयो ।
किसानहरुलाई पशुपालन र तरकारी खेती गर्नको लागि यस पालिकाले कृषकहरुलाई विउ जिजन तिरण गर्नुका साथै विभिन्न पहल भइरहेको छ । शैक्षिक क्षेत्रमा पालिकाले सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा विशेष जोड दिदैं आइरहेको अध्यक्ष गुरुङले बताउनु भयो । पालिकाको भवन निर्माणको लागि टेन्डरको काम भईसकेका र केही वडा कार्यलयको भवन निर्माण कार्य सम्पन्न भएको गुरुङले भन्नुभयो ।
समग्रमा पालिकाको स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दैं समृद्धिको यात्रामा अघि बढी रहेको अध्यक्ष गुरुङको भनाई छ । यस्तै, कोरोनाका उच्च जोखिम रहेकोले संक्रमण न्यूनीकरणको लागि नगरले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आम नागरिकहरुलाई सतर्कता गराएको उहाँको भनाई छ । बाहिरबाट आएकाहरुलाई नगर स्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको अध्यक्ष गुरुङले जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्