.jpg)
को हुन् क्रिस्टिना ?
क्रिस्टिना गुरुङ काठमाण्डौमा जन्मिएर लामो समयदेखि अमेरिका बस्दै आएकी थिइन् । उनि ‘प्रेम गीत ३’ को अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी हुन् । लजालु स्वभावकी क्रिस्टिना निकै सुन्दर छिन् । नेपालमा उनले प्लस टु सम्मको अध्ययन सकेर उनि अमेरिका गएकी थिइन् । अहिले बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दै छिन्, उनले । परिवारसहित अमेरिकामा बस्दै आएकी उनले केहि म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।
.jpg)
लामो समयदेखि ‘गीत’ क्यारेक्टरलाई लिएर दर्शकमा निकै कौतुहलता थियो ।शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी र अब क्रिष्टिना गुरुङ यो चलचित्रका लागी फाइनल भएका छन् । चलचित्रको मुख्य भुमिकाका लागि प्रदीप खड्का अहिलेसम्म अनुमान गरिएपनि आधिकारिक रुपमा निर्माण टिमले जानकारी गराएको छैन, त्यसबाहेक दुईजना मुख्य भुमिकाका लागि बालकलाकार छान्न बाँकी छ । निर्देशक छेतेन गुरुङले भने, ‘हामीले मुख्य अभिनेतासहित दुईजना बालकलाकार पनि छानिसकेका छौं, अब केहि समयपछि घोषणा गर्नेछौं ।’
यहि चैत २८ गते नेपालभर प्रदर्शन हुने चलचित्र छायाँकनमा जानुअघिदेखिनै चर्चामा छ । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्न लागेको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गर्नेछन् । निर्माण टिमले चलचित्रमा छान्न बाँकी २० प्रतीशत कलाकार इन्ट्रि गराएपछि घोषणा गर्ने र छायाँकनमा जाने जनाएको छ ।
मनाङ र मुस्ताङ लगायतका स्थानमा खिच्न लागिएको चलचित्रमा झण्डैं ४ करोड लगानी लाग्ने अनुमान गरिएको छ ।
.jpg)
.jpg)
प्रतिक्रिया दिनुहोस्