रचना तिमल्सिना
माघ १२, पाख्रीबास नगरपालिका । स्थानीय सरकारको व्यवसाथपन पछि धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका समृद्धिको बाटोमा अघि बढेको छ ।
सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायत अन्य क्षेत्रमा विगतमा तुलनामा भन्दा चातर्फी रुपमा विकास निर्माण कार्य भएको नगर प्रमुख वृष बहादुर राईले बताउनु भयो । नगरको सबै वडा कार्यमा सडक निर्माण कार्य सम्पन्न भएको उहाँले भन्नुभयो । विगतको जस्तो कठिनाई भोग्नु नपरेको त्याँहाको स्थानीय वासिन्दाहरुको भनाई छ । यात्राको लागि आम नागरिकहरुलाई सहज भएको राईले जनाउनु भयो ।
शैक्षिक क्षेत्रमा पनि यस पालिकाले उल्लेखनीय प्रगती गर्दै आइरहेको छ । सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिदैं आइरहेको छ भने विद्यालयको आवश्यक भौतिक संरचना निर्माण गरिहेको नगर प्रमुख राईको भनाई । उहाँको भनाई अनुसार, स्वास्थ्य भवन देखि बस पार्क निर्माण गर्ने कार्य भइरहेको छ । समग्रमा यस पालिकाले स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धिको यात्रामा अघि बढीरहेको नगर प्रमुख राईले भन्नुभयो । कृषि क्षेत्रको लागि बाख्रापालन र मौहुरी पालनमा यहाँको किसानहरुले निकै आम्दानी प्राप्त गर्ने भएको हुनाले आउदो दिनहरुमा आवश्यक थप सुधार गर्दै जाने नगरको प्रमुख राईले बताउनु भयो ।
यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण न्यूनीकरणको लागि नगरले विभिन्न सन्देश प्रचार प्रसार गरी आम वासिन्दाहरुलाई सचेतना गराएको थियौं उहाँले बताउनु भयो । बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको नगर प्रमुख राईले जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्