कविता पोखरेल
माघ २३, नगराईन नगरपालिका । धनुषा जिल्लाको नगराईन नगरपालिकामा चौतर्फी विकास निर्माणको काम भएको नगरका, नगर प्रमुख प्रमेश्वर यादवले भन्नुभयो । नगरपालिकाले आम नागरिकहरुलाई यात्रामा सहज हुने हिसाबले नगरको सबै वडामा सडक सञ्जाल निर्माणको काम सम्पन्न गरेको छ । उक्त सडकलाई ढलान गर्नुका साथैं आवश्यक सुधार गर्ने काम भइरहेको छ ।
आम सर्वसाधारण जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै नगरको प्रत्येक वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । यस्तै, नगर भवन निर्माणको लागि डि.पी.आर तयार पारेको छ । सो भवन निर्माणको लागि १० करोड रुपैया बजेड छुट्याईएको छ भने केही वडा भवनहरु निर्माण कार्य सम्पन्न भएको र बाँकी बन्ने क्रममा रहेको छ ।
उज्यालो नगरपालिका निर्माण गर्ने उद्येश्यले नगरको पत्येक वडामा केन्द्रीय लाईन प्रसारण गरेको छ । एक घर एक धाराको अभियान मार्फन प्रत्येक टोलटोलमा खानेपानीको सुविधा गरेको छ । नगरको सम्पूर्ण आधाभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन देखि विद्यालयमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ । कृषि क्षेत्र अन्तर्गत किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं पशुपालनमा विशेष पहल गर्दै आएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि नगरले आम जनताहरुलाई कोरोना सम्बन्धि सचेतना गराएको थियो । बाहिरबाट आएकाहरुलाई नगरस्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं यादवले बताउनु भयो । स्थानीय सरकार गठन भएको करिब साढे ३ वर्षमा नगरलाई समृद्धिको उचाईमा पु¥याउनको लागि नगरका, नगर प्रमुख यादवले गर्नु भएको विकासका योजना र त्यसको कार्यान्वयन पनि त्यतिकै अनुकरणीय नै छ । आगामी दिनमा नगरलाई समृद्धिको उचाईमा पु¥याउनको लागि आम नागरिकहरुको साथ सहयोग पाएमा नगर चाँडै विकसित हुने नगरका, नगर प्रमुख यादवको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्