मकवानपुर/ प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंह पुरस्कृत हुने भएका छन् ।
उनलार्ई सुम्पिएको जिम्मेवारी अत्यन्तै लगनशिल एवम् ईमान्दारीपूर्वक सम्पादन गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राखेको भन्दै मंगलबार पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
एसपी सिंहलाई पुरस्कृत गर्दा अन्य कर्मचारीहरु समेतमा सकारात्मक प्रभाव पर्न गई कामप्रति अझ बढी हौसला अभिवृद्धि हुने भन्दै प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १५ को निगम १९७ को ख बमोजिम नगदसहित पुरस्कृत गर्ने निर्णय प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्