रामेछाप । जील्लाको सदरमुकाम मन्थलीस्थीत हाटेचौरमा १० करोड लगानीमा स्वीमीङ पुल सहीतको अाधुनिक तिनलाल पार्क बन्न लागेको समाचारले खुसि भएका रामेछापबासिको लागी अर्को पनी खुसिक खबर छ ।
राणाविरुद्धको प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा रामेछापमा स्मृति पार्क निर्माण हुने भएको छ । जिल्लाकाे भंगेरीमा ५ करोड ९४ लाख रुपैयाँ लागतमा स्मृति पार्क निर्माण हुन लागेको हो ।
दुई बर्ष अघि नै पार्क निर्माणको घोषणा भएपनि जग्गा अधिग्रहण गर्न बजेट नहुँदा काम अगाडि बढन सकेको थिएन । शहरी विकास मन्त्रालयले पार्क निर्माणको लागि ५२ रोपनी जग्गाको मुआब्जा दिन बजेट उपलब्ध गराएपछि अब काम अगाडि बढने भएको छ ।
गंगालाल र पुष्पलाल जन्मस्थान रामेछापको भँगेरीमा पुष्पलाल स्मृतिपार्क निर्माण गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले दुई वर्षअघि निर्णय गरेको थियो । पुष्पलाल जन्मेको क्षेत्रलाई समेटेर करिब ५२ रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया पूरा गरेर मुआब्जा दिनको लागि बजेट अभावको कारण रोकिएको थियो ।
भंगेरी विश्वका प्रजातन्त्रवादी र कम्युनिस्टहरुको पवित्र स्थल भएकाले अब यसलाई नयाँ गन्तव्यका रुपमा विकास गरिने प्रदेश ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेलले बताए । ‘मुस्लिमहरुको लागि मक्का मदिना, हिन्दूहरुको लागि पशुपतिनाथजस्तै प्रजातन्त्रवादी र कम्युनिस्टहरुको लागि भंगेरी पवित्र स्थल हो । अब भंगेरीको विकास त्यही रुपमा अघि बढ्छ’, मन्त्री ढुंगेलले भने ।
नेकपाका केन्द्रीय सदस्य एवं पुष्पलाल स्मृति प्रतिष्ठान, रामेछापका अध्यक्ष देवशकंर पौडेल पार्क निर्माणको कामले अब गति लिने बताउँछन् । बजेट अभावमा काम रोकिएकोमा अब बजेट व्यवस्था भएकोले काम अघि बढ्ने उनले बताए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले खातामा पैसा आए लगत्तै केही मुआब्जा वितरणको काम अगाडि बढाइने रामेछाप न्युजलाई बताइन । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रामेछापमार्फत उक्त पार्कसम्बन्धी प्रक्रियाको काम अगाडि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस्