दोलखा। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि नेकपा माओवादी केन्द्र दोलखाले कार्यलयमा आफ्नै साइन बोर्ड राखेको छ ।
बुधबार पार्टीले दालखाको सदरमुकाम चरिकोट सातदोबाटो नजिकै रहेको एक भवनस्थित कार्यालयम बोर्ड राखेको हो । आइतबार सर्वोच्च अदालतले नेकपाबारे ऋषि कट्टेलको पक्षमा फैसला गर्दै पूर्वएमाले र माओवादी केन्द्र ब्यूँताउने गरी फैसला गरेपछि विभिन्न जिल्लाहरुमा दुवै पार्टीले आ–आफ्नो पार्टीको नाम चिन्ह सहितको बोर्ड राख्ने अभियान थालेका हुन्। नेकपा माओवादी केन्द्र दोलखाकी नेतृ देवी खड्का लगायतका नेता कार्यकताहरुको उपस्थितीमा बोर्ड राखिएको हो ।
यसअघि नेकपा एमालेले पनि पार्टी कार्यालयमा बोर्ड परिवर्तन गरिसकेको छ । पहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय बनाइएको कार्यलयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको हो । एकीकरण अघि पनि एमालेले सोही ठाउँमा कार्यलय संचालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्