कुशे गाउँपालिकामा एक बर्षमा ३ हजार ६१ वटा व्यक्तिगत घटना दर्ता

कुशे गाउँपालिकामा एक बर्षमा ३ हजार ६१ वटा व्यक्तिगत घटना दर्ता

जाजरकोट/ कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पर्ने कुशे गाउँपालिकामा एक बर्ष अवधिमा ३ हजार ६१ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।

गाउँपालिकामा गत २०७५ वैशाखदेखि चैत्रसम्मको अवधिमा यो घटना दर्ता भएका हुन् । गाउँपालिकाका अनुसार यो अवधिमा कुल जन्म दर्ता २ हजार ६ सय ८५ वटा दर्ता भएका छन् । यसमा एक हजार ४ सय २७ बालिका र एक हजार २ सय ५८ बालक जन्मिएको घटना दर्ता छन् । यस्तै, मृत्युका घटना ८३ वटा दर्ता भएका छन् । जसमा महिला २५ र पुरुष ५८ जना छन् ।
यस्तै, एक बर्षमा विवाह दर्ता संख्या २ सय ८४, बसाँईसराईका घटना ९ वटा दर्ता भएका छन् । सो गाउँपालिकामा गत बर्ष सम्वन्ध विच्छेदका घटना भने एउटा पनि दर्ता नभएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्