सडक, खानेपानी र शिक्षा क्षेत्रलाई प्राथामिकता दिदैं छौं: वडा अध्यक्ष सुनार

सडक, खानेपानी र शिक्षा क्षेत्रलाई प्राथामिकता दिदैं छौं: वडा अध्यक्ष सुनार

कविता पोखरेल
फागुन २, रेसुङ्गा नगरपालिका–९ । स्थानीय सरकारको व्यवस्थापन पछि केही स्थानीय तहहरुमा विकास निर्माणको कामले तिव्रता पाएको छ । यिनैं, स्थानीय तहहरु मध्येको एउटा उदाहरण, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ९ पनि हो । वडालाई विकासको लहरमा पु¥याउनको लागि वडा अध्यक्ष नारायण सुनारको विकासका योजनाको रणनिति र त्यसको कार्यान्वयन वास्तवमै अनुकरणीय नै छ ।

वडाले एक घर एक धाराको रणनिति अपनाई लिफटीङकोको माध्यमबाट खानेपानीको सुविधा पु¥याएको छ । यो खानेपानीको आयोजनाले वडाको आम नागरिकहरुलाई लाभान्वित हुने वडा अध्यक्ष नारायण सुनारले भन्नुभयो । यस्तैं, वडाले यातायातमा थप सहज बनाउनको लागि निर्माण भएका सडकलाई पीच गर्नका साथैं सडक नपुगेको ठाउँमा निर्माण गर्ने काम जारी रहेको उहाँले बताउनु भयो ।

आधारभुत विद्यालयमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन गरी वडाले शैक्षिक क्षेत्रमा पनि उल्लेनीय प्रगति गर्दै आईरहेको अवस्था छ । वडाले प्राविधिक बाल विज्ञान समेत सञ्चालन गरेको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै वडाले स्वास्थ्य भवन निर्माण गरी स्वास्थ्यको पहुच पु¥याएको छ । विगतमा यहाँका स्थानीय वासिन्दाहरु सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता थियो तर, स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि यसको समस्याको हल भएको छ ।

स्थानीय सरकार गठन पछि आम जनताहरुको जुन अपेक्षा थियो त्यसलाई पुरा गर्न आफु सक्दो लागि परेको उहाँले जनाउनु भयो । आगामी दिनमा जनताहरुको हितमा काम गर्दै जाने र सबैको साथ सहयोग पाएमा वडालाई चाँडैं विकासको लहरमा पु¥याउन सकिने वडा अध्यक्ष सुनारको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्