कविता पोखरेल
फागुन २, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ११ ले आधारभुत विद्यालया गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन गर्दै शैक्षिक क्षेत्रमा परिवर्तन गर्दै आईरहेको छ । विगतमा यस वडाको सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अंग्रेजी शिक्षाको पढाई हुन्थेन तर हाल अनिवार्य भएको वडा अध्यक्ष खुम बहादुर रानाले भन्नुभयो । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै स्वास्थ्य भवन निर्माण गरी स्वास्थ्य सेवाको पहुच पु¥याएको छ ।
विगतमा यहाँका स्थानीय वासिन्दाहरु सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता थियो । तर, स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि यसको समस्याको हल भएको छ । वडा अध्यक्ष रानाले भन्नुभयो, वडा कार्यालयको भवन निर्माणधिन अवस्था रहेको छ, अहिले भाडामा काम गरेको छौं वडाको काम पछि निर्माण कार्य सम्पन्न भए पछि सो ठाउँमा सर्ने योजना रहेको छ ।
यस्तैं, वडाले ग्रामिन भेगमा रहेको सडक निर्माण कार्य सम्पन्न गरेको छ भने निर्माण भएका सडकको स्तोरउन्नती गर्ने काम भइरहेको वडा अध्यक्ष रानाको भनाई छ । एक घर एक धाराको कार्यक्रम सञ्चालन गरी टोलटोलमा खानेपानीको सुविधा पु¥याउने लक्ष्य रहेको उहाँले बताउनु भयो । यो खानेपानीका आयोजनाले आम जनताहरुलाई प्रत्यक्ष लाभ पुग्ने रानाले जनाउनु भयो । स्थानीय सरकार गठन पछि आम जनताहरुको जुन अपेक्षा थियो त्यसलाई पुरा गर्न आफु सक्दो लागि परेको उहाँले भन्नुभयो । आगामी दिनमा जनताहरुको हितमा रही काम गर्ने र सबैको साथ सहयोग पाएमा वडालाई चाँडै विकास लहरमा पु¥याउन सकिने वडा अध्यक्ष रानाको विस्वास छ ।
प्रतिक्रिया दिनुहोस्