कविता पोखरेल
फागुन १, रेसुङ्गना नगरपालिका–२ । स्थानीय सरकारको व्यवस्थापन पछि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. २ मा पनि विकास निर्माणको कामले तिव्रता पाएको छ । एक घर एक धाराको कार्यक्रम सञ्चालन गरी प्रत्येक टोलटोलमा लिफटीङको व्यवस्थित गरी खानेपानीको सेवा पु¥याएको छ । यो खानेपानीको आयोजनाले विगतको जस्तो कठिनाई भोग्नु पर्ने बाध्यताको अन्त्य भएको वडा अध्यक्ष उदय थापाले भन्नुभयो ।
यस्तै, सडक सञ्जालको स्तोरउन्नती विगतको तुलनामा भन्दा उल्लेखीय प्रगति छ । निर्माण भएका सडकलाई पीच गर्नुका साथै आवश्यक सुधार गर्ने काम भएको छ । वडाले सम्पूर्ण विद्यालयमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्था गर्नुका साथैं विद्यार्थीहरुलाई निःशुल्क झोला वितरण कार्य गरेको वडा अध्यक्ष थापाले बताउनु भयो । आम सर्वसारण जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै स्वास्थ्य सेवाको पहुच पु¥याएको अवस्था छ ।
वडा अध्यक्ष थापाले भन्नुभयो, आगामी दिनमा सबैको साथ सहयोग मिलेमा वडालाई चाडैं समृद्धिको उचाईमा र विकासको लहरमा पु¥याउन सकिने धारणा व्यक्त गर्नुभयो । स्तानीय सरकारको व्यवस्थापन पछि आम नागरिकहरुको जुुन अपेक्षा थियो त्यसलाई पुरा गर्न आफु सक्दो लागि परेको उहाँको भनाई छ । वडालाई समृद्धिको उचाईमा पु¥याउनको लागि वडा अध्यक्ष थापाले चाल्नु भएको विकासका योजनाको रणनिति र त्यसको कार्यन्वयन वास्तवमै अनुकरणी नैं छ ।
प्रतिक्रिया दिनुहोस्