माघ २६, निस्दी गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि एक कुशल जनतप्रतिनिधिको आगमनसँगैं पाल्पा जिल्लाको निस्दी गाउँपालिकामा विकास निर्माणको कामले फड्को मारेको छ । आम आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको सुविधा गरेको पालिकाका, अध्यक्ष मुक्त बहादुर सारुले भन्नुभयो ।
आफु पालिकामा निवाचित भए पश्चात स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर काम गरेको हुलाने विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने पर्ने बाध्यता कम भएको छ । पालिकाकै पहलमा प्रत्येक वडामा एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । उज्यालो गाउँपालिका निर्माण गर्ने उद्येश्यले सबै वडामा सोलार लिफटीङको व्यवस्थापन गरी विद्युतीय सेवाको काम भएको अध्यक्ष सारुले बताउनु भयो ।
एक घर एक धारोको कार्यक्रम सञ्चालन गरी प्रत्येक वडामा खानेपानीको सुविधा गरेको छ भने सबै वडामा वर्थिङको व्यवस्था गर्दै आइरहेको छ । पालिकाले किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण गर्नुका साथैं कृषकहरुलाई धान काट्ने मेसिन समेत वितरण गरेको छ । यस्तैं, विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको व्यवस्थापन देखि विद्यालयहरुमा आवश्यक भौतिक संरचनाहरु निर्माण गर्दै आइरहेको अध्यक्ष सारुको भनाई छ । पालिकाले एक गाउँ एक उत्पादनलाई प्राथामिकता दिदैं कृषि क्षेत्रमा पनि आमुल परिवर्तन गरेको अवस्था छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना न्यूनीकरणको लागि पालिकाले सबै जनताहरुलाई सचेतना गराएको थियो । बारिहबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टार्यनमा राख्ने व्यवस्था गर्नुका साथैं कोरोनाबाट प्रभावित भएका वास्तविक पिडीतहरुलाई राहत वितरण गरेको थियौं अध्यक्ष सारुले जनाउनु भयो । भौगोलिक अवस्थाले निकै दुर्गम गाउँपालिका भएता पनि एक कुशल जनप्रतिनिधिको विकास योजनाको रणनिति र त्यसको कार्यन्वयनले पालिकामा चौतर्फी रुपमा विकासको काम भएको छ ।
प्रतिक्रिया दिनुहोस्