विकास निर्माणमा डोल्पो बुद्ध गाउँपालिका अघि बढ्दैंछ: अध्यक्ष गुरुङ

विकास निर्माणमा डोल्पो बुद्ध गाउँपालिका अघि बढ्दैंछ: अध्यक्ष गुरुङ

माघ २५, डोल्पो बुद्ध गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकामा विकास निर्माणको काम तिव्र गतिमा भइरहेको छ । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाले स्वास्थ्य इकाई निर्माण गरी सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको पालिकाका, अध्यक्ष तेम्बा गुरुङले बताउनु भयो ।

स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिए पछि विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्लाा सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्य भएको छ । आम नागरिकहरुको हित र अपेक्षालाई मध्येनजर गर्दै १० शैयाको हस्पिटल निर्माण गर्ने योजनामा रहेको अध्यक्ष गुरुङले भन्नुभयो । उज्यालो गाउँपालिका निर्माण गर्ने उद्येश्य सहित पालिकाले सबै वडामा सोलार जडान गरी विद्युतीय सेवाको व्यवस्था गरेको छ ।
पालिकाले सम्पूर्ण आधारभुत विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन गुर्नका साथैं विद्यालयमा आवश्यक भौतिक संरचनाहरुर निर्माण गरेको गुरुङले जनाउनु भयो । पालिकाले सडक पीच गर्ने र सडक नपुगेको ठाउँमा निर्माण गर्ने काम भइरहेको छ । पर्यटकीय क्षेत्रको हिसाबले पालिका निकै सम्भमवना बोकेको स्थान रहेकोले त्याहाँ आवश्यक संरचनाहरु निर्माण काम भइरहेको छ भने पालिकाकै पहलमा पुल निर्माण गर्ने योजना समेत भएको उहाँले भन्नुभयो ।

किसानहरुलाई तरकारी खेती गर्नको लागि विभिन्न उन्नत जातको विउ विजन वितरण गरी कृषकहरुलाई प्रात्साहन गर्दै आइरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी न्यूनीकणको लागि पालिकाले विभिन्न जनचेतनामुलक कार्यत्रम गरी आम जनताहरुलाई सुरक्षित राख्न सफल भएको थियो । बाहिरबाट आएका नागरिकहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाईन र होम आइसोलेशनमा राख्ने व्यवस्थापन गरेको अध्यक्ष गुरुङले बताउनु भयो ।

स्थानीय सरकार आए पछि आम नागरिकहरुको जुन अपेक्षा थियो त्यसलाई आफुले सक्दो काम गरेको र त्यसको मुल्याङकन गर्ने जिम्मेबारी जनताहरुकै रहेको गुरुङले भन्नुभयो । आमागी दिनमा सबैको साथ सहयोग पाएमा पालिकालाई चाँडैं विकासको लहरमा पु¥याउन सकिने पालिकाका, अध्यक्ष गुरुङको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्