जनताहरुको हित र अपेक्षालाई स्थानीय सरकारले पुरा गर्दै आएकोछ: अध्यक्ष कार्की

जनताहरुको हित र अपेक्षालाई स्थानीय सरकारले पुरा गर्दै आएकोछ: अध्यक्ष कार्की

माघ २५, केराबारी गाउँपालिका । मोरङ जिल्लाको केराबारी गाउँपालिकाका, अध्यक्ष श्री रोहित बहादुर कार्कीको भनाई अनुसार स्थानीय सरकारले आम जनताहरुको हित र अपेक्षालाई पुरा गर्दै आएको बताउनु भएको छ । पालिकाले आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याएको छ । यसले विगतको जस्तो सानोतिनो उपचारको लागि जिल्ला सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यता अन्य भएको छ ।

सम्पूर्ण आाधारभुत विद्यालयमा गुणस्तरीय र सर्वसुलभ शिक्षाको व्यवस्थापन गर्नुका साथैं विद्यालयमा दरबन्दी शिक्षकहरुको व्यवस्था भएको अध्यक्ष कार्कीले भन्नुभयो । केराबारी मोरङ जिल्लाको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको हिसाबले निकै सम्भाना बोकेको स्थान रहेको छ । त्यसैले हामीले यस पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार र आवश्यक संरचनाहरु निर्माण गर्ने योजनामा छौं अअध्यक्ष कार्कीले जनाउनु भयो ।

उहाँले भन्नुभयो, आफु पालिकामा निर्वाचित भए पछि सबै वडामा सडक निर्माण काम सम्पन्न भएको र आम सर्वसाधारणहरुलाई यात्राको लागि थप सहज भएको छ । कृषि क्षेत्र अन्तगर्त किसानहरुलाई विभिन्न उन्नत जातको विउ विजन वितरण र किसानहरुलाई कृषि अनुदान दिनुका साथैं स्थानीय स्तरमा उत्पादन भएको वस्तुहरुलाई बजारीकरणको व्यवस्था समेत भएको अध्यक्ष कार्कीले बताउनु भयो । एक घर एक धाराको आयोजना गरी सबै टोलटोलमा खानेपानीको व्यवस्था भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना प्रभाव यस पालिकामा पनि परेको अवस्था थियो ।

तर, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु र आम जनताहरुको साथ सहयोगले पालिकालाई कोरोनाबाट सुरक्षित राख्न सफल भएको थियौं अध्यक्ष कार्कीले भन्नुभयो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाईन र होम आईसोलेशनमा राख्ने व्यवस्था भएको थियो । आगामी दिनमा पालिकालाई विकासको लहरमा पु¥याउनको लागि आम जनताहरुको साथ सहयोग पाएमा चाँडैं समृद्धिको उचाईमा पुग्ने पालिकाका, अध्यक्ष कार्कीको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्