सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाले विकास निर्माणको कामलाई तिब्रता दिएको छ । गाउँपालिकाको सम्पुर्ण वडाहरुमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानि, बिद्युत लगायतको पुर्वाधार पुर्याईएको अध्यक्ष सागर किरातीले जानकारी दिनुभयो । गाउँपालिकाले युवाहरुलाई स्थानियस्तरमै स्वारोजगार बनाउन कृषि र पुशपालनमा अनुदान दिने ब्यवस्था पनि गरेको छ ।
गाउँपालिका अध्यक्ष किरातीका अनुसार पालिकाको ५ वटा वडामा स्थास्थ्य चौकी समेत स्थापन भइसकेको छ । अब चाडैनै ३९६ बेडको सुविधा सम्पन्न अस्पताल बन्ने चरणमा रहेको छ । अस्पतालको कुल लागत १ करोड ६लाख ८२ हजार अनुमान गरिएको छ । यस्तै गाउपालिकामा बग्ने खोलाका पानिहरुको सदुपयोग गरि २२ मेगावाटको जलबिद्युत परियोजना पनि निर्माणको चरणमा रहेको छ । अर्काे तर्फ महाकुलुङ विमानस्थाल पनि बन्ने योजना रहेको अध्यक्ष किरातीले जानकारी दिनुभयो ।
गाउँपालिकाले पर्यटनलाई पर्वदन गर्न पर्यटकिय स्थलहरुको खाजी गरी प्रचार प्रसार गर्ने योजना बनाएको छ । बिश्वभर फैलिएको कोरोना भाईरसको असर महाकुलुङ गाउँपालिकामा पनि परेको अध्यक्ष किरातीको भनाई छ । कोरोना माहामारीको सुरुमा गाउँपालिकाले विपन्न घरपरिवारलाई राहत वितरण, बिभिन्न स्वास्थ्य सामाग्रीको वितरण लगायतको काम गरको थियो । काठमाडौंमा भएका नागरिकहरुलाई माहामारीको बेला निःशुल्क उद्धार गरिएको अध्यक्ष किरातीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्