कविता पोखरेल
माघ १६, सहिदभुमी गाउँपालिका । धनकुटा जिल्लाको शहिदभुमी गाउँपालिकाले आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउने योजना रहेको पालिकाका, अध्यक्ष मनोज राईले भन्नुभयो । उत्त योजनाले विगतको जस्तो सानोतिनो उपचारको लागि अन्य ठाउँमा धाउन पर्ने बाध्यता हट्ने अध्यक्ष राईले विस्वास व्यक्त गर्नुभयो ।
यस्तै, पालिकाले सबै वडामा सडक पुग्नेगरी निर्माण भएका सडकलाई थप सुधार गर्नुका साथै, सडक नपुगेको ठाउँमा निर्माण गर्ने कार्य भइरहेको अध्यक्ष राईले बताउनु भयो । कृषि र शैक्षिक क्षेत्रमा पनि यस पालिकाले उल्लेखनीय प्रगति गर्दै आएको छ । कृषकहरुलाई पशुपालन र तरकारी खेतीमा आवद्ध गराएको छ । सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिएको अध्यक्ष राईको भनाई छ ।
पालिकाको सम्पूर्ण टोलटोलमा विद्युतीय सेवा पु¥याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि आम नागरिकहरुलाई जनचेतना गरेको थियो । बाहिरबाट आएकाहरुलाई पालिकास्तरीय सुविधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको अध्यक्ष राईले भन्नुभयो । स्थानीय सरकारको व्यवस्थापन पछि जनताहरुले जुुन अपेक्षा गरेका थिए सो कुरालाई मध्येनजर गर्दै पालिकालाई समृद्धिको बाटोमा पु¥याउन आफु निरन्तर लागि रहेको अध्यक्ष राईले जनाउनु भयोे । तिन वर्षको अवधिमा अध्यक्ष राईले गर्नु भएको विकासको कार्यान्वयन र योजनाहरु उक्तिकै प्रेरणादायी छ ।
प्रतिक्रिया दिनुहोस्