कविता पोखरेल
माघ १५, घ्याङलेख गाउँपालिका । मुलकमा स्थानीय सरकारको गठन भएको करिब साढे ३ वर्ष नाघि सकेको अवस्था छ । कतिपय स्थानीय तहहरुमा विकास निर्माणको काम उदाहरणीय बनेको छ । यिनै स्थानीय तहहरु मध्ये सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका पनि एक चर्चित स्थानीय तह हो । पालिकाका, अध्यक्ष जगत बहादुर भोलनले चाल्नु भएको कदम र कार्यन्वयन उत्तिकै अनुकरणीय छ । पालिकामा २ करोड १७ लाखमा पक्की पुल निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष भोलनले बताउनु भयो ।
पुल निर्मार्णको काम लगभग ६५ प्रतिशत सम्पन्न भएको छ । अध्यक्ष मगरको अनुसार, हाल सबै वडामा सडक निर्माण कार्य सम्पन्न भएको छ भने सो सडकलाई पीच गर्ने काम भइरहेको छ । एक घर एक धाराको रणनिती अपनाएको यस पालिकाले टोलटोलमा खानेपानी पु¥याउने योजना बनाएको छ । आम नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै प्रत्येक वडामा स्वास्थ्य सेवाको पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
पालिकाको शैक्षिक क्षेत्रमा स्तरउन्नती गर्नको लागि सबै विद्यालयहरुमा गुणस्तरीय र सर्वसुलभ शिक्षामा जोड दिदैं आएको अध्यक्ष भोलनले जनाउनु भयो । स्थानीय जनशक्तिहरुलाई विभिन्न स्वरोजगार मुलक तालिम प्रदान गरेको छ । यसबाट युवाहरु बेरोजगारी समस्याबाट बञ्चित हुन परेको छैन । यस्तै, पालिकामा विद्युत सेवा सञ्चालन भएको छ । उत्त विजुली बत्तिको काम ६५ प्रतिशत काम सम्पन्न भएको अध्यक्ष भोलन बताउनु हुन्छ ।
विकास निर्माणको कामले यहाँको स्थानीय वासिन्दाहरुमा पनि सकारात्मक भावनाको विकास भएको पाईन्छ । स्थानीय सरकारको व्यवस्थापन पछि आम जनताहरुले जे अपेक्षा गरेको थिए । सोही अपेक्षालाई पुरा गर्न आफु सधैं लागि परेको अध्यक्ष भोलनको भनाई छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि पालिकाले आम नागरिकहरु समक्ष सचेतना गराएको थियो । बाहिरबाट आएका नागरिकहरुकोे लागि पालिकास्तरीय सुविधायुक्त क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं अध्यक्ष भोलनले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्