रचना तिमल्सिना
पौष १०, रोशी गाउँपालिका । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा विकास निर्माणको कार्यले तिव्रता पाएको अवस्था छ । सडक, यातायात, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत सम्पूर्ण क्षेत्रलाई सुधार कार्य गर्दै अघि बढी रहेको अध्यक्ष डि.बि. लामाले भन्नुभयो । निर्माण भएका सडकलाई थप फराकीलो र सडक नपुगेको ठाउँमा निर्माणका साथैं पीच गर्ने काम भइरहेको पालिकाका, अध्यक्ष लामाले बताउनु भयो ।
सडक निर्माण भए पछि आम नागरिकलाई यात्राको लागि सहज हुने उहाँको भनाई छ । गाउँपालिकाको १२ वटै वडा कार्यलयहरुको भवन निर्माण कार्य सम्पन्न भइसकेको अध्यक्ष लामाले भन्नुभयो । अध्यक्ष लामाको अनुसार, विशेष कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथामिकतामा राखेर हामी निरन्तर अघि बढी रहेको छौं उहाँले बताउनु भयो । पालिकाकाले शैक्षिक क्षेत्रमा पनि उक्तिकै स्तरउन्नी गरेको छ ।
विद्यालयमा गुणस्तरीय र प्राविधिक शिक्षामा पहल गरेको छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत नागरिकहरु समक्ष कोरोना सम्बन्धि सचेता गरेको अध्यक्ष लामाले जनाउनु भयो । आम जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गर्दै पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पुग्ने गरी स्वास्थ्य भवन निर्माण गरेको छ । यसबाट आम नागरिकहरुलाई प्रत्यक्ष लाभ हुनेछ । विगतको जस्तो सानोतिनो उपचारको लागि अन्य ठाउँमा ध्याउन नपर्ने बाध्यता हटेको छ ।
विश्व्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि पालिकाले टोलटोलमा जनचेतनामुलक कार्यक्रम मार्फत वासिन्दाहरुलाई सतर्कता अपनाएको थियो । बाहिरबाट आएका र कोरोनाबाट प्रभावित भएका नागरिकहरुको लागि पालिका स्तरीय सुविधायुक्त क्वारेन्टाईन र होम आईसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं पालिका अध्यक्ष लामाले बताउनु भयो । स्थानीय सरकारको व्यवस्थापन र आम जनताहरुको साथ सहयोगले पालिकामा विगतको तुलनामा भन्दा चातर्फी विकास निर्माण कार्य भइरहेको अध्यक्ष लामाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्