काठमाडौं– भूकम्प आएर नेपाल ध्वस्त हुन्छ भन्दै अन्तर्वार्ता दिने अर्जुन क्षेत्री पक्राउ परेका छन्। उनी आफूलाई युवा ज्योतिषी दाबी गर्दै आएका थिए।
उनलाई काठमाडौं प्रहरी परिसरले काठमाडौंको गौशालाबाट आज पक्राउ गरेको हो।
उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थिए। विभिन्न युट्युब च्यानलमा उनले आउँदो जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त हुने र थुप्रै मान्छेको हताहती हुने अफवाह समेत फैलाएका थिए।
प्रतिक्रिया दिनुहोस्