कविता पोखरेख
माघ १४, पचालझरना गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन पछि कालीकोट जिल्लाको पचालझरना गाउँपालिकामा भौतिक पूर्वाधारहरुको काम तिव्र गतिमा भएको छ । सडक सञ्जालको सबै वडामा सम्पन्न भएको छ भने निर्माण भएका सडकलाई थप सडक सुधार गर्ने काम भइरहेको पालिकाका, अध्यक्ष खड्कराज सेजुवालले बताउनु भयो ।
उक्त सडक निर्माणले आम सर्वसाधारणहरुलाई यात्राको लागि सहज हुने र विगतको जस्तो पैदल यात्रा हिड्नु पर्ने बाध्यता हटेको सेजुवालको भनाई छ । एक घर एक धाराको वृहत खानेपानीको आयोजना सञ्चालन भएको थियो । सो, आयोजनाले पालिकाको पाँच वडै वडामा खानेपानी पु¥याउने काम सफल भएको छ । यस्तै, पालिकाको सबै शैक्षिक क्षेत्र र कृषि क्षेत्रमा पनि उल्लेखनीय प्रगती गरेको छ । सम्पूर्ण विद्यालहरुमा आधुनिक र गुणस्तरीय शिक्षामा पहल गर्दै विद्यार्थीहरुलाई कम्प्युटर वितरण गरेको सेजुवालले भन्नुभयो । कृषकहरुलाई पशुपालन र तरकारी खेतीको लागि विभिन्न प्रविधिको लागि आह्वान गर्दै आइरहेको छ । यसले किसानहरुलाई काम गर्नको लागि थप सहज हुनेछ ।
आफु निर्वाचित भए पछि पालिकामा विगतको तुलनमा भन्दा चौतर्फी रुपमा विकास निर्माण कार्य भएको अध्यक्ष सजुवालले दावी गर्नुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि यस पालिकाले जनताहरुलाई सचेतना गरेको थियो । कोरोनाबाट प्रभावित भएका नागरिकहरु र विपन्न परिवाहरुलाई राहत वितरण गर्नुका साथै, उद्धार कार्य समेत गरेको थियौं अध्यक्ष सजुवालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्