कविता पोखरेल
माघ १२, भगवतीमाई गाउँपालिका । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकाको सबै वडामा खानेपानी पुग्ने भएको छ ।
पालिकाको करिब १५ सय घर धुरीहरुमा खानेपानी पुगिसकेको छ भने बााकी निर्माण कार्य भइरहेको अध्यक्ष दान बहादुर थापाले बताउनु भयो । उक्त खानेपानीको आयोजनाले पालिकाको आम जनताहरु लाभान्वित हुने उहाँको भनाई छ । आफु निर्वाचित भए पश्चात पालिकामा विगतको तुलनामा भन्दा चौतर्फी रुपमा विकासको काम भएको अध्यक्ष थापाले भन्नुभयो ।
सडक, कृषि, स्वास्थ्य, शिक्षा लगायत अन्य क्षेत्रमा विकास निर्माण कार्य भइरहेको उहाँले जनाउनु भयो । पालिकाको सबै वडा कार्यलयमा सडक निर्माण कार्य सम्पन्न भएकोले आम नागरिकहरुलाई यात्राको लागि सहज भएको अध्यक्ष थापाले जनाउनु भयो । पालिका भवन निर्माण कार्य सम्पन्न भएको छ, उक्त भवन निर्माणको लागि ७ करोड लगानी लागेको उहाँले बताउनु भयो । शैक्षिक क्षेत्रमा पालिकाको सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको लागि विशेष पहल गरेको छौं अध्यक्ष थापाले भन्नुभयो ।
समग्रमा पालिकाको स्रोत साधनले भ्याएसम्म सम्पूर्ण क्षेत्रलाई समेट्दैं समृद्धिको बाटोमा अघि बढीरहको छौं थापाले बताउनु भयो । यस्तै, कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा गई जनचेतनामुलक कार्यक्रम लागि आम जनताहरु समक्ष सतर्कता अपनाएको उहाँले जनाउनु भयो । बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको थियौं अध्यक्ष थापाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्