विकासको गतिमा फड्को मार्दै, मोरङको लेटाङ नगरपालिका

विकासको गतिमा फड्को मार्दै, मोरङको लेटाङ नगरपालिका

रचना तिमल्सिना ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा बोकेको स्थानिय सरकार गठन भएको साढे तीन वर्ष बित्न लागेको छ ।

जनताको विश्वास अनि भरोसा जितेका जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट कार्य गर्दै आएका छन् । मोरङको लेटाङ नगरपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता पूरा गरेकामा स्थानीय खुसी छन् । स्थानीय तहबाट निर्वाचित जन प्रतिनिधिहरु आएसँगै गाउँमा विकासको लहर नै छाएको स्थानीयहरुको भनाई छ । आफुहरुले सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको र जस्को मुल्यांकन गर्ने जिम्मा जनतामा नै छोडेको नगर प्रमुख शंकर राई बताउनहुन्छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, सामुदायिक भवन, सरकारी भवन, खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ । नगरप्रमुख रार्ईं अनुसार स्थानीय सरकारप्रति स्थानीय जनताको अपेक्षाहरू धेरै छन् ती अपेक्षाहरु नगरपालिकाले पूरा गर्दै आएको छ । सडकको स्तरोन्नति, सडक, पुलको निर्माण, नगरपालिका कार्यालय भवन, वडा कार्यालय भवन लगायतको पुर्वाधाहरु निमाएणका चरणमा रहेका छन ।सडक निर्माणमा नगरपालिकाले उल्लेख्य प्रगती गरेको छ । पुराना सडकहरुलाई ग्राभेल र कालोपत्रे गर्ने, नया सडक निर्माण र स्तरोन्ती गर्ने र आवश्यक सडक पुलहरुको निर्मा नगरपालिकाले गरिरहेको छ । नगरपालिकाले कृषि सडकलाई बिशेष प्राथमिकता दिएर काम गरेको छ । नगरप्रमुख राईले कृषिका लागि बजारको व्यवस्थापन, महिलाको सीपमूलक कार्यक्रम, रोजगारीमूलक कार्यक्रमहरू आफूहरूले ल्याएको दाबी गर्नुभयो । कृषक समुहहरुलाई बिना धितो ऋण उपलब्ध गराइएको छ । आफूले प्रतिबद्धता जनाएका योजनामध्ये केही मात्र बाँकी रहेको नगरपालिका नगरप्रमुख राई बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘अवको डेढ वर्षको समयावधिमा बाँकी रहेको सबै प्रतिबद्धता हामी पूरा गर्नेछौँ ।’

मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले आफु निर्वाचित भएर आएसँगै ‘मेरो सुविधा कटाई देऊ, नगरबाट फुसको छानो हटाईदेऊ’ भन्ने अभियान सञ्चालन गर्नुभयो । अभियान अघि बढाउन उहाँले आफनो सुबिधाका लागि आएको गाडी किन्ने पैसासमेत नगरभित्रका फुसको छाना भएका घरमा जस्तापाता लगाईदिने अभियानमा खर्च गर्नुभयो । यो अभियान शुरु गरे यता ६५ प्रतिशत घरमा जस्ता हाल्ने काम सकिएको छ । बाँकी ३५ प्रतिशत घरमा आगामी आर्थिक वर्षमा सकिने मेयर राईको बिश्वास छ । ‘आगामी आर्थिक बर्षमा बाँकी घरमा पनि जस्ता पाता पुग्छ,’ मेयर राई भन्नुहुन्छ । मोरङको उत्तरी क्षेत्रमा अबस्थित लेटाङ नगरपालिकामा ४ सय १९ अति विपन्न समुदायको पहिचान गरी जस्तापाता वितरण कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको समुदाय लक्षित कार्यक्रम अन्र्तगत नगरलाई समृद्घ नगरका रुपमा विकास गराउने लक्ष्यका साथ प्रत्येक वडाका वडा अध्यक्षको सहकार्यमा नगरका ९ वटा वडाका प्रतिघरधुरी परिवारलाई प्रतिपरिवार ३५ हजार मुल्य वरावरको जस्ता पाता वितरण गरिएको हो ।

‘मेरो सुविधा कटाई देऊ, नगर वाट फुसको छानो हटाईदेऊ’ भन्ने नगर प्रमुखको अभियानलाई सार्थकता बनाउन सवैले साथ दिएका छन । नगर कार्यपालिकाले सुविधाभोगी भन्दा पनि जनभोगी काम गर्ने प्रमुखको सपनालाई सार्थक तुल्याउन सवैको सहमतिमा यो अभियानलाई अगाडि लैजाने निर्णय गर्दै अति विपन्न समुदायको पहिचान गरी जस्तापाता वितरण अभियानको थालनी नगर प्रमुख राईले बताउनुभयो । लेटाङ नगपालिकाको ७० प्रतिशत भु–भाग दुर्गम र ३० प्रतिशत मात्र सुगम रहेको छ । अधिकाश परिवारमा रोजीरोटी कै समस्या रहेको हुँदा घर निर्माण भन्दा पनि दैनिकी गर्जो टार्न परिश्रम गर्नेको वाहुल्यता रहेको छ । नगरमा नगर प्रमुखको यो सोच र सपनाले अधिकांश जनताले स्थानीय सरकार भएको अनुभुति गर्न पाउने गरी भएको नगरकै गौरवको अभियानको रुपमा रहेको नगर प्रमुखको अभियानलाई सवैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । यो अभियान बुझ्ने र थाहा पाउँने जो कोहीले भनिरहेका छन् मेयर हुनु त शंकर राई जस्तो ।

विश्वभर फैलिएको कोरोना महामारीको असर लेटाङ नगरपालिकामा पनि पर्यो । तर कोरोना भाईरसबाट याहाँका नागरिकलाई सुरक्षित राख्न नगरपालिका लागि परिरहेको छ । कोरोना माहामारिमा नगरपालिकाले पिडितहरुलाई राहत वितरण मास्क सेनिटाइजरको बितरण, आर डि टि र पिसिआर परिक्षण लगायतको कार्य गरेको थियो । आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै समग्र बिकासको काममा केन्द्रित हुने नगरप्रमुख रार्ईको योजना छ ।

प्रतिक्रिया दिनुहोस्