कविता पोखरेल
माघ १२, सुनवर्षी नगरपालिका । मोरङ जिल्लाको सुनवर्षी नगरपालिको ९ वटै वडामा सडक निर्माण कार्य भइरहेको छ ।
सडकमा ग्रावेल गर्ने काम लगभग ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको नगर प्रमुख काली प्रसाद दासको भनाई छ । उक्त सडक निर्माण कार्य सम्पन्न भए पछि आम नागरिकहरुलाई यात्राको लागि सहज हुने नगर प्रमुख दासको विस्वास छ । आफु निर्र्वाचित भए पछि नगरमा चौतर्फी विकास निर्माण कार्य भइरहेको दासले भन्नुभयो ।
कृषि क्षेत्रमा तरकारी खेती र माछा पालनको लागि नगरले युवाहरुलाई सहभागी गराउदैं आएको छ । पर्यटन क्षेत्रको हिसाबले निकै महत्वपूर्ण स्थान रहेको हुनाले आवश्यक भौतिक संरचना निर्माण योजनामा र्छौ नगर प्रमुख दासले जनाउनु भयो । शैक्षिक क्षेत्रको लागि नगरको सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको लागि पहल गरेको छ । समग्रमा भन्नुपर्दा स्थानीयस सरकारको व्यवस्थापन पछि यस नगरमा विकास निर्माणको कार्य तिव्र गतिमा भइरहेको देखिन्छ ।
यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि नगरले प्रत्येक टोलटोलमा जनचेतनामुलक कार्यक्रम मार्फत आम नागरिकहरु समक्ष सतर्कता अपनाएको नगर प्रमुख दासले भन्नेभयो । बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गर्नुका साथै आवश्यक स्वास्थ्य सामाग्रीहरु समेत वितरण कार्य गरेको नगर प्रमुख दासको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्