रामेछाप नगरपालिकाको मोबाइल एप सार्वजनीक

रामेछाप नगरपालिकाको मोबाइल एप सार्वजनीक

रामेछाप/ जिल्लाको रामछाप नगरपालिकाले मोबाइल एप सार्वजनिक  गरेको छ । रामेछाप नगरपालिकाको सुचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढंगले सम्प्रेषण गर्न, सेवा तथा सुविधा सम्बन्धि जानकारी प्रदान गर्न र नागरीकरुबाट आएको गुनासो तथा समस्याहरुको उचित व्यवस्थापन गर्न मोबाइल एप सार्वजनिक गरिएको रामेछाप नगरपालिकाका सुचना प्रविधि अधिकृत दिपक कुमार श्रेष्ठले जानकारी दिनुभएको छ  ।

सुचना तथा सन्चार प्रविधि मन्त्रालय , सुचना प्रविधि विभाग र स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रमको सहकार्यमा एप सन्चालनमा ल्याइएको उहाँले बताउनुभयो । एपमा नगरपालिकाले  प्रदान गर्ने सेवा तथा सुविधाहरु , नगरपालिकाको  बारेमा जानकारी , नगरका कार्यक्रम तथा परियोजनाहरु, आपतकालिन नम्बर, वडाका विवरणहरु , नगरपालिकाका महत्वपुर्ण स्थान लगायतका विवरणहरु राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्