कविता पोखरेल
माघ ११, शिवालय गाउँपालिका । जाजरकोट जिल्लाको शिवालय गाउँपालिकाको सबै वडामा सडक पुगेको छ ।
पालिकाको ९ वटै वडामा सडक निर्माण भए पछि विगतको तुलनाको जस्तो यात्राको लागि कठिनाई नभएको अध्यक्ष श्री नरेन्द्र कुमार शाहीले बताउनु भयो । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनले यस पालिकामा भौतिक पूर्वाधारहरको काम चौतर्फी रुपमा भइरहको अध्यक्ष्य शाहीले भन्नुभयो । कृषि क्षेत्र अन्तर्गत किसानहरुलाई पशुपालन र तरकारी खेतीको लागि विशेष प्राथामिकता दिदैं आइरहेको छ ।
शैक्षिक क्षेत्रमा पनि पालिकाले उक्तिकै प्रगती गरेको अवस्था छ । सबै विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षाको लागि पहल गर्दै सुधार कार्य गरीरहेको शाहीले जनाउनु भयो । एक घर एक धारा खानेपानीको अभियान सञ्चालन भइरहेको छ भने सो योजनाको काम ७० प्रतिशत सम्पन्न भएको अध्यक्ष शाहीले भन्नुभयो । विगतको तुलनामा भन्दा यस पालिकामा स्वास्थ्य, शिक्षा, कृषि, सडक लगायत अन्य क्षेत्रमा उल्लेखनीय प्रगती गरीरहेको देखिन्छ ।
यस्तै, कोरोनाका उच्च जोखिम रहेकोले संक्रमण न्यूनीकरणको लागि पालिकाले टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आम नागरिकहरुलाई सतर्कता गराएको उहाँको भनाई छ । बाहिरबाट आएकाहरुलाई पालिका स्तरीय क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको अध्यक्ष शाहीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्