कौडेना गाउँपालिकामा विकास निर्माणको काम चौतर्फी रुपमा हुदैं

कौडेना गाउँपालिकामा विकास निर्माणको काम चौतर्फी रुपमा हुदैं

रचना तिमल्सिना
माघ ४, कौडेना गाउँपालिका । स्थानीय सरकारको व्यवस्थापन र नयाँ जनप्रतिनिधिको आगमनसँगै सर्लाही जिल्लाको कौडेना गाउँपालिकामा विकास निर्माणको काम चौतर्फी रुपमा भइरहेको अध्यक्ष राम प्रसाद राय यादवको भनाई छ ।

पालिकामा सडक ढलान र पीच गर्ने कार्य तिव्र गतिमा भएको छ भने केही निर्माण कार्य सम्पन्न भएको अध्यक्ष यादवले भन्नुभयो । विद्यालयहरुमा गुणस्तरीय र प्राविधिक शिक्षामा पहल गर्दै आएको छ । उहाँको अनुसार पालिकामा ८० प्रतिशत भन्दा बढी कृषि क्षेत्रमा आधारित हुनाले यस पालिकाले कृषकहरुको लागि विभिन्न कार्यक्रम गरी पशुपालन र तरकारी खेतीको लागि विशेष पहल गर्दै आइहेको अध्यक्ष आदव बताउनु हुन्छ ।

पालिकाले टोलटोलमा खानेपानी पु¥याउने लक्ष्य राखेको छ । अध्यक्ष यादवले भन्नुभयो चाँडै एक घर एक धारा पुग्ने विस्वास छ । पालिकामा विद्यालय र वडा कार्यलयको भवनहरु निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष यादवले जनाउनु भयो । यस्तै, पालिकामा कोरोनाको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि जनचेततनामुलक कार्यक्रमद्धारा नागरिकहरुलाई सचेतना गर्नुका साथै बाहिरबाट आएकाहरुलाई सुबिधा सम्पन्न क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको अध्यक्ष यादवले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्