जनयुद्ध दिवशकै दिन कमाण्डरको ‘दुसाध्य जनयुद्ध’ सार्वजनिक हुँदै

जनयुद्ध दिवशकै दिन कमाण्डरको ‘दुसाध्य जनयुद्ध’ सार्वजनिक हुँदै

तत्कालिन नेकपा माओवादीले शासन व्यवस्था र जनजिवीकाका स्वर्णिम नाराहरुसहित २०५१ साल फागुन १ गतेबाट सुरु गरेको दश वर्षे जनयुद्धको क्रममा पूर्व र मध्यपूर्व लगायतका क्षेत्रमा कमाण्ड सम्हालेका गंगा कार्की ‘विश्व’, एक जना कुशल कमाण्डर मात्र नभएर शालिन र स्वच्छ छवि बनाएका नेता पनि हुन् । अहिले सम्म कुनै लाभको पद धारण नगरि बसेका उनै कार्कीद्धारा लिखित दुसाध्य जनयुद्ध नामको पुस्तक, जनयुद्ध दिवशकै अवसर पारेर फागुन १ गते, शनिवार तत्कालिन माओवादीका सुप्रिम कमाण्डरसमेत रहेका हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’द्धारा विमोचन हुने कार्यक्रम छ । राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी पुस्तक मेलामा विहान ११ बजे सो पुस्तक विमोचन हुँदा कार्कीका सहयोद्धाहरु पनि उपस्थित हुने कार्यक्रम छ ।
पछिल्लो समय कुनै युद्ध संस्मरणहरु प्रकाशित भएका छैन्न त्यसले पनि कार्कीको ‘दुसाध्य जनयुद्ध’ पाठकहरुका लागि नौलो कृति बन्ने निश्चित नै छ । यस्तै, कार्कीले तत्कालिन नेकपा माओवादी दोलखाको संस्थापक हुँदै विभिन जिल्लाहरुमा तत्कालिन राज्य व्यवस्था विरुद्ध भएका लडाई र महत्वपूर्ण घटनाक्रमहरुलाई पुस्तकमा सविस्तार समेटेकाले पनि यो पुस्तक पाठकको लागि रुचिको विषय बन्न सक्छ । झनै कार्कीकै हस्ताक्षर भएको पुस्तक लिन र यस बारे नेकपा अध्यक्ष प्रचण्ड र किरणको टिप्पणी सुन्न भृकुटिमण्डप जानु एकदम आवश्यक छ । त्यसमा पनि सार्वजनिक विदाको दिन परेकाले कार्यक्रममा सहभागिताको लागि सबैलाई सहज दिन पनि हुन सक्दछ ।

प्रतिक्रिया दिनुहोस्