कविता पोखरेल
पौष २९, दिपु्रङ चुईचुम्मा गाउँपालिका । खोटाङ जिल्लाको दिपु्रङ चुइचुम्मा गाउँपालिका समृद्धी र विकसित समाज निर्माणको अभियानमा जनप्रतिनिधि देखि युवाहरु समेत लागि परेको अध्यक्ष भुपेन्द्र राईको भनाई छ ।
पालिकामा सडक, खानेपानी, कृषि, पर्यटन, शिक्षा, क्षेत्रमा विकास निर्माण कार्य भइरहेको अध्यक्ष राईले भन्नुभयो । स्थानीय सरकारको व्यवस्थापन पछि आफु पालिका निर्वाचित भए पश्चात अहिले सबै वडामा विजुली बक्ति पुगेको अध्यक्ष राइले जनाउनु भयो । उहाँको अनुसार कृषि तथा पशुपालनको लागि कृषकहरुलाई पालिकाले अनुदान दिने र विउ विजन वितरण कार्य समेत गरिएको अवस्था छ ।
स्रोत साधनले भ्याएसम्म आफनो पालिकालाई समृद्धि र विकासित बनाउन निरन्तर लागि परिरहेको र्छौ उहाँले बताउनु । समग्रमा सबै क्षेत्रलाई समेट्दैं पालिका विकास निर्माण कार्य अघि बढीरहेको देखिन्छ । विगतको तुलनामा भन्दा पालिकामा उल्लेखनीय परिवर्तन छाएको अध्यक्ष राईले भन्नुभयो । यस्तै, कोरोना भाइरसको उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत आफना नागरिहरुलाई सचेतना गराएको राई बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्