सिन्धुली। जिल्लाको फिक्कल गाउँपालिका वडा नम्बर ५ सोल्पाठानामा जिल्लाकै नमूना वडा कार्यालय निर्माण भएको छ । गाउँपालिकाबाट आर्थिक बर्ष २०७४ ०७५ मा विनियोजित ४० लाख र २०७५ ७६ मा विनियोजित ३५ लाख गरि जम्मा ७५ लाखको लागतमा निर्माण कार्य सम्पन्न गरि शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
जिल्लाको अति विकट गाउपालिकाको रुपमा रहेको फिक्कल गाँउपालिका अन्र्तगतको वडा नम्बर ५ सोल्पाठाना जिल्लाका ७९ वटा वडा मध्ये पहिलो बाल मैत्री, अपांग मैत्री, सुबिधा सम्पन्न वडा कार्यालय बन्न सफल भएको छ । वडा कार्यलय भवनको उद्घाटन गर्दै सिन्धुली क्षेत्र नम्बर १ का संघिय सांसद गणेश कुमार पहाडीले केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार जनताप्रति जबफदेही भएर बिकासका गतिविधिहरु संचालन गरि रहेको बताए । उनले नबनिर्मित सुन्दर भवनबाट जनताले सुन्दर सेवा पनि पाउनेमा बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा प्रदेश सांसद प्रदिप कटुवाल, जिल्ला समन्वय समितिका प्रमुख शंकरराज तिपारी बर्मा, फिक्कल गाउपालिका अध्यक्ष धन बहादुर कार्की, नेकपा फिक्कल गाउपालिका अध्यक्ष रामप्रसाद भण्डारी, नेपाली काङ्ग्रेस फिक्कल गाउँपालिकाका सचिव घनश्याम पहाडी, फिक्कल गाउँपालिकाका अन्य वडाका वडा अध्यक्षहरु लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोल्पाठानामा वडाको २ तल्ले पक्कि भवन निर्माण भएपछि प्रशासनिक एवंम दैनिक कार्य सम्पादन गर्न सहज हुने वडा अध्यक्ष राजु बरालले बताए ।
प्रतिक्रिया दिनुहोस्