कविता पाेखरेल ।
पौवादुङमा गाउँपालिका । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकामा विकास निर्माणको कार्यले तिव्रता पाएको छ । सडक, स्वास्थ्य, खानेपानी, कृषि लयायत अन्य विविध क्षेत्रमा प्रभावकारी ढंगले विकास निर्माण कार्य भइरहेको अध्यक्ष किरण राईको भनाई छ । सडक गा्रभेल गर्ने र सडक नपुगेको ठाउँमा सडक विस्तार गर्ने कार्य भइरहेको अध्यक्ष राईले जनाउनु भयो । विद्यालयका केही भवन निर्माण कार्य सम्पन्न भएको छ भने पालिकाको भवन निर्माण गर्ने कार्य तयारी अवस्थामा रहेको उहाँले भन्नुभयो ।
एक घर एक धारा खानेपानीको अभियान सञ्चालनद्धारा प्रत्येक टोलटोलमा खानेपानीको धारा पु र्ययाउने लक्ष्य रहेको अध्यक्ष राईले बताउनु भयो । पालिकामा चौतर्फी रुपमा विकास निमाण कार्य भएको हुँदा स्थानीय वासिन्दाहरुमा सकारात्मक भावनाको विकास भएको अध्यक्ष राई बताउनु हुन्छ । स्थानीय सरकारको व्यवस्थापन भए पश्चात विगतको तुलनामा भन्दा विकास निर्माण कार्यमा धेरै परिवर्तन छाएको अध्यक्ष राईले भन्नुभयो । स्रोत साधनले भ्याएसम्म समग्रमा सम्पूर्ण क्षेत्रलाई समेट्दै पालिका समृद्धि तर्फ अघि बढीरहेको स्पष्ट देख्न सकिन्छ ।
यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोनाको जोखिम उच्च रहेकोले संक्रमण रोकथामको लागि टोलटोलमा विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत जनताहरु समक्ष सतर्कता अपनाएको अध्यक्ष राईले जानकारी दिनुभयो । कोरोनाबाट प्रभावित भएका बिरामीहरुको लागि पालिकाले एम्बुलेन्सको व्यवस्था समेत गरेको अवस्था । महामारीको समयमा विभिन्न स्वास्थ्य सामाग्रीहरु मास्क, स्यानीटाइजर र साबुन वितरण कार्य गरेको अध्यक्ष राईले जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्