बाल मैत्री बन्दै, चैनपुर नगरपालिका

बाल मैत्री बन्दै, चैनपुर नगरपालिका

कविता पोखरेल ।

संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाले बालमैत्री नगर बनाउनमा जोड दिएको छ।

नगरपालिकाका मेयर भरत कुमार खत्रीका अनुसार नगरपालिकाका सबै वडालाई बालमैत्री बनाउन काम गरिरहेको बताउनु भयो । उहाँका अनुसार नगरले प्राबिधिक शिक्षामा जोड दिएको छ भने नगरका विभिन्न स्थानमा खेलकुद मैदानहरुको निर्माण तथा बिद्यालय भवनलाई पनि बालमैत्री बनाइ बालमैत्री शिक्षामा जोड दिएको छ।

नगरपालिकाले सबै वडामा सडक पुर्याउनको लागि पहल गरि सकेको छ भने केही सडकहरु कालोपत्रे गर्ने काम पनि अगाडि बढाएको मेयर खत्रीले बताउनु भयो । नगरपालिकाको पहलमा सुबिधा समपन्न १५ शैयाको अस्पतालको सिल्न्यास गरि सकिएको छ भने एउटा बर्थिङ सेन्टरको पनि ब्यवस्था गरिएको उहााले बताउनुभयो । यस्तै कृषि तथा पशुपालनको लागि विशेष अनुदानको ब्यवस्था गरि युवालाइ बाख्रा पालन र मौरीपालन तर्फ आर्कषित गर्ने नगरको योजना छ । नगरपालिकाले कृषिमा आधुनिकिकरण गर्न १५० जना किसानलाई हाते टयाकटर वितरण गरेको छ।

आगामी दिनमा कोरोना माहामारीको असरलाई कम गर्दै विकास निर्माणको काममा सक्रिय हुने नगरको योजना छ ।

प्रतिक्रिया दिनुहोस्