जनप्रतिनिधिको आगमन संगै समृद्ध बन्दै भोजपुर नगरपालिका

जनप्रतिनिधिको आगमन संगै समृद्ध बन्दै भोजपुर नगरपालिका

कविता पोखरेल ।

भोजपुर जिल्लाको भोजपुर नगरपालिका जनप्रतिनिधिको आगमनसंगै समृद्धि तर्फको यात्रा अगाडि बढेको नगरका मेयर कैलास कुमार आलेले बताउनु भएको छ ।

तगरपालिका जनप्रतिनिधि आएको साढे ३ बर्षको अवधि हेर्न लायक काम गर्न सकिएको मेयर आलेको दाबी छ । उहाका अनुसार नगरले नगरको केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको निर्माण कार्य सम्पन्न गरिसकेको छ । स्वास्थ्य क्षेत्रमा नगरले सबै वडामा सुबिधा सम्पन्न स्वास्थ्य चौकीहरुको ब्यवस्था गरि सकेको छ । त्यस्तै एक घर एक धाराको रणनीति लागू गरि खानेपानीको ब्यस्था पनि गरि सकेको अवस्था छ । नगरपालिकाको सम्पुर्ण वडामा विद्युत सेवा पुगि सकेको छ । शिक्षाको क्षेत्रमा प्राबिधिक शिक्षामा जोड दिँदै सुबिधा सम्मपन्न बिधालय भवनको निर्माण भएका छन ।

कृषी तथा पशुपालनको लागि किसानन हरु लाई बिना धितो र बिना ब्याज ऋण दिने जस्ता कामहरु नगरले थालेको छ । फलफूल खेती र नगदेबालीको बिकासमा पनि नगरपालिपालिकाले जोड दिएको छ। आगामि दिनमा पनि बिकास र समृद्धि तर्फका कामहरु नगरले अगाडि बढाउने नगरपालिकाका मेयर आलेलेको भनाइ छ । कोरोना महामारीमा उदाहरणिय काम गरेको पालिकाले मास्क, सेनिटाइजरको बितरण राहात सामग्री वितरण ,आर डि टि , पिसिआर टेस्ट लगातयको कामबाट कोरोना भाइरसलाइ नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्